तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा रक्तदान सम्पन्न
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, भदौ ४ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शनिवार माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजना र प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक तुफान, महिला नेतृ कस्मीरा खातुन सहित ४२ जनाले रक्तदान गरेको संघ कि सचिव इश्वरी रावतले बताउनुभयो ।
संघका अध्यक्ष मिना डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको अनेमसंघकी केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य अन्जना थारु प्रमुख अतिथि रहनु भएको थियो । जहिले पनि रक्तदान कार्यक्रममा महिलाको संख्या एकदमै न्युन हुने तर, रगत लिने महिलाहरुको संख्या एकदमै बढी हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्...









