प्लान नेपाल र युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्धारामा शिक्षक र सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण
समाचारदाता
नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरद्धारामा स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको थियो ।
चार दिने सो तालिममा बाँकेका ७ वटा विद्यालयका १४ जना शिक्षक र बर्दिया जिल्लाका बाल संरक्षण कार्यक्रम अन्तर्गतका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो प्रशिक्षक प्रशिक्षणमा बालबालिकामाथि हुने दुव्र्यवहार तथा यौन शोषण, घरेलु हिंसा, लैंगिक हिंसा, बालविवाह, बालविभेद लगायत मानवबेचविखन रोकथामको बारेमा सहभागिलाई तालिम प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले विद्यालयका शिक्षक र समुदायका सहजकर्ताले सो तालिम लिएपछि आ आफ्नो विद्य...









