युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी क्षेत्र साझेदारी कार्यशाला सम्पन्न
समाचारदाता
मधुवन (बर्दिया), चैत १३ । बाँके यूनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–१ र २ मा सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत “युवा उद्यमशीलताकालागि सार्वजनिक तथा निजी क्षेत्रको साझेदारी” विषयमा एकदिने कार्यशाला सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको ठाकुरबाबा र मधुवन नगरपालिकामा संचालन गरिएको रूपान्तरण र नवप्रवर्तनकालागि युवा सशक्तिकरण परियोजना अन्र्तगत सो कार्यशाला आयोजना गरिएको हो ।
सो परियोजनाको मुख्य उद्देश्य युवाहरू, विशेषगरी युवतीहरूको सशक्तीकरण गर्दै युवामुखी आर्थिक गतिविधिमार्फत आम्दानी वृद्धि गर्नु रहेको क्लबले जनाएको छ ।
उक्त कार्यशाला मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर उपप्रमुख अनीता चौधरी, वरिष्ठ प्रशासकीय अधिकृत पार्वती पण्डित, वडा नं. १ का वडा अध्यक्ष आशाराम चौधरी, पशु सेवा शाखा प्रमुख गणेश बहाद...









