गुलरिया नगरपालिका ११ नम्बर वडा पनि बालविवाहमुक्त वडा घोषित
समाचारदाता
नेपालगन्ज, मंसिर १४ । बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर ११ लाई पनि बालविवाहमुक्त वडा घोषित गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाको वडा नम्बर ११ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
वडा नम्बर ११ का वडा अध्यक्ष विशु यादवको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले अब छिटै गुलरिया नगरपालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गरिने बताउनुभयो ।
सो अवसरमा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल, गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर...









