कक्षा १० मा उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थिलाई नरैनापुर गाउँपालिकाद्धारा ल्यापटप प्रदान
समाचारदाता
नेपालगञ्ज, भदौ ३० । बाँकेको नरैनापुर गाउँपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाउँपालिकाले ५८औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान, कपी, झोला, प्रमाणपत्र र खादा लगाइएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभएको बताउदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताउनुभयो । उहाँले गाउँपालिकाले शिक्षा क्षेत्र...









