शिक्षा

किशोर किशोरीको सक्रियताले बर्दियामा ५५ वटा बालविवाह रोकिए

किशोर किशोरीको सक्रियताले बर्दियामा ५५ वटा बालविवाह रोकिए

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
सिराज खान बर्दिया, मंसिर २४ । बर्दिया मधुवन नगरपालिका २ की सन्जु चौधरी ( नाम परिवर्तन ) को १४ वर्षकै उमेरमा हुन लागेको विवाह किशोरी सञ्जालमा आवद्ध किशोरीहरुले प्रहरी बोलाएरै रोक्न लगाए । उनिहरुले आफ्नै गाउँमा एक बालिकाको विवाह हुन थालेको सुचना पाएपछि प्रहरीको सहयोग लिएर सो विवाह रोक्न लगाएका हुन् । १४ वर्षिया चौधरीको विवाह रोकिएपछि अहिले उनि खुशी छन् । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिएकी छन् । ‘पढेर केही बन्ने सपना बोकेकी थिए, तर घरकाले नै सानै उमेरमा विवाह गर्न खोजेकोमा विरोध गर्दा पनि केही लागेन । गाउँका अन्य किशोरीले थाहा पाएर मलाई जोगाए’– चौधरीले भनिन् । लुम्बिनी प्रदेशमै धेरै बालविवाह हुने जिल्ला मध्ये एक बर्दियामा सचेतना बढेपछि बालविवाह रोकिन थालेका छन् । सरकारी र गैर सरकारी विभिन्न निकायको सहकार्यमा सबै पालिकामा किशोर किशोरी सञ्जाल, संयुक्त सञ्जाल, प्रहरी र न्यायीक समिति सक्रिय ...
बर्दियाको ठाकुरबाबामा युनेस्को क्लबद्धारा अभिमुखिकरण सम्पन्न

बर्दियाको ठाकुरबाबामा युनेस्को क्लबद्धारा अभिमुखिकरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर २४ । बाँके युनेस्को क्लबले मर्यादित कार्यका लागि नेपाल सरकारको श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि सेवा प्रदायक संस्थाहरुलाई बर्दियामा अभिमुखिकरण कार्यक्रम गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरिएको सो अभिमुखिकरण कार्यक्रम प्लान नेपालको सहयोगमा सञ्चालित पर्ल परियोजना अन्तर्गत सम्पन्न गरिएको क्लबले जनाएको छ । अधिवक्ता राम कुमार चौधरीले सहजीकरण गर्नु भएको सो अभिमुखिकरणमा श्रम ऐन २०७४ का विविध प्रावधान र कार्यान्वयनका अवस्थाका बारेमा व्यापक छलफल भएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । कार्यक्रममा छलफल गर्दै सहभागिहरुले ऐनमा उल्लेख भएका कतिपय कुराहरु हाल कार्यान्वयनमा रहेको र कतिपय कुराहरु कार्यान्वयनमा नरहेकोले कार्यान्वयनका लागि पहल गर्नु पर्ने निष्कर्श निकालेका थिए । कार्यक्रममा उठेका विभिन्न जिज्ञासा र प्रश्नहरुको जवाफ सहजकर्ता ...
बर्दियामा बालविवाह विरुद्धको सचेतना बढ्यो, घटे बालविवाह

बर्दियामा बालविवाह विरुद्धको सचेतना बढ्यो, घटे बालविवाह

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
सिराज खान बर्दिया, मंसिर २४ । ‘मैले लहलहमै लागेर बालविवाह गर्न लागेको थिए, तर मलाई मेरा केही साथी र गाउँका अन्य महिलाले त्यस्तो गर्न दिनु भएन । रोक्नु भयो । मन पराएको केटासंग विवाह गर्न नपाउँदा शुरुमा त धेरै रिस उठेको थियो । उनिहरुलाई तथानाम गाली गरे । अहिले आएर बल्ल थाहा पाए, त्यो त गैर कानुनी पो रहेछ । उमेर पुगेपछि मात्रै विवाह गर्नु पर्ने रहेछ । अहिले म आफै उमेर नपुगेको विवाह न गर्न अरु साथिहरुलाई सम्झाउँदै हिडेको छु ।’– यो भनाई हो बर्दिया गुलरिया नगरपाकिा ६ निवासी १४ वर्षिया बालिका निरु चौधरी ( नाम परिवर्तन ) को । ‘मेरो विवाह घर परिवारकै सहमतिमा २१ वर्षिय केटासंग हुन लागेको थियो । सबै तयारी भैसकेको थियो । विवाहको मिति भन्दा दुई दिन अघि घरमा नजिकका दिदिहरु आएर उमेर नपुगेकोले विवाह नगर्न परिवारलाई दवाव दिए । परिवारले नमानेपछि प्रहरीलाई घरमा ल्याएर उनिहरुले सो विवाह रोकिदिए ।’– यो भनाई ...
सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले भव्यतापुर्वक मनायो १६ औं बार्षिकोत्सव

सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले भव्यतापुर्वक मनायो १६ औं बार्षिकोत्सव

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगन्जपाटी समाचार नेपालगन्ज, मंसिर १६ । शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आफनो १६ औं बार्षिक उत्सव निकै भव्यताका साथ मनाएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण रोकिएको कार्यक्रमलाई शोफियाले यस बर्षदेखी फेरी निरन्तरता दिने क्रममा बार्षिकोत्सव मनाएको हो । स्कुलका संस्थापक प्रिन्सीपल के बी बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर आफुलाई खुसी लागेको भनी शुभकामना दिर्दै सोफियाले गरेको प्रगति हेर्दा निकै राम्रो लागेको बताउनुभयो । नेपालगंज उपमहानगरपालिकाका एजुकेशन डिपार्टमेन्ट अफिसर भीम बहादुर बुढाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई सिर्जना गर्नमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने थलोका रुपमा शोफिया स्कुल विकास हुन सकोस भन्ने शुभकामन...
बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा दुई दिने कार्यशाला

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, मंसिर १५ । बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो । बाँके युनेस्को क्लबको व्यवस्थापन समितिलाई दिइएको सो दुईदिने तालिममा क्लबको बोर्डका पदाधिकारी र सदस्य तथा बालसंरक्षण कार्यक्रम एवं पर्ल परियोजना अन्तर्गतका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यशालामा विभिन्न संरक्षण सम्बन्धी बिषय जस्तै सुरक्षा नीति, बालबालिकाको दृष्टिकोण, बाल दुव्र्यवहारको समस्या, व्यक्तिगत मूल्य र मनोवृत्ति लगायतका बारेमा गहन छलफल भएको र जानकारी गराईएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्...
बाँके युनेस्कोद्धारा मानवबेचविखन रोकथामका लागि समन्वय बैठक र छलफलको आयोजना

बाँके युनेस्कोद्धारा मानवबेचविखन रोकथामका लागि समन्वय बैठक र छलफलको आयोजना

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ११ । बाँके युनेस्को क्लबले नेपालगञ्जमा आइतवार मानवबेचविखन रोकथामका लागि विभिन्न सरोकारवाला निकायको उपस्थितिमा समन्वय तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहकार्यमा क्बलले सञ्चालन गरेको रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीका अनुसार सो समन्वय तथा छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, महिला बालबालिका शाखाका छैटौं तहका अधिकृत आशा शाही, सुरक्षा निकायका प्रतिनिधि र नागरिक समाजका संस्थाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले मानवबेचविखन रोकथामका लागि छुट्टै बजेट विनियोजन आवश्यक रहेकोमा जोड दिनुभयो । महिला बालबा...
पाँच वर्षमा कोहलपुरलाई शिक्षाको क्षेत्रमा नमुना बनाउने नगरपालिकाको संकल्प

पाँच वर्षमा कोहलपुरलाई शिक्षाको क्षेत्रमा नमुना बनाउने नगरपालिकाको संकल्प

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, कात्तिक २२ । कोहलपुर नगरपालिकाले अवको पाँच वर्षभित्र नगरभित्रका सबै विद्यालयहरुलाई भौतिक पूर्वाधार र शिक्षक एवम् कर्मचारीका हिसावले अभावमुक्त बनाउने संकल्प लिएको छ । ‘गुणस्तरीय शिक्षाका लागि प्रर्याप्त लगानी, पूर्वाधार र संरचना, पश्चिम नेपालकै शैक्षिक हवको रुपमा हाम्रो नगरको स्थापना’ भन्ने मुख्य थिमसहित अवको पाँच वर्षमा नगरपालिकालाई शिक्षामा नमूना कोहलपुर बनाउने संकल्प लिएको हो । नगरपालिकाले पाँच वर्षभित्र गर्नुपर्ने २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर सो जनाएको छ । उक्त योजनामा नगरपालिकास्तरीय आवधिक शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने, नगरपालिकास्तरीय शिक्षा ऐन र नियमावली आवश्यकता अनुसार संशोधन एवम् प्रभावकारीरुपमा कार्यान्वयन गर्ने कुरालाई पनि समेटिएको छ । विद्यालयलाई ध्रुमपान, मध्यमान, लागु औषध र जङ्कफुट निषेधित क्षेत्रको रुपमा विकास गरि...
बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकतासम्बन्धि बैठक सम्पन्न

बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकतासम्बन्धि बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगञ्ज, असोज ३१ । बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान, प्लान इन्टरनेशनल र कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको उपस्थितीमा बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकता विषयमा सुर्खेतमा परामर्श बैठकको आयोजना गरिएको छ । बैठकको अध्यक्षता गर्दै, सिजप काठमान्डौका अध्यष राजेश शर्माले बालविवाह सामाजिक हिंसाको रुपमा रहेकोले देशविकासका लागि बालविवाहको अन्त्य गरिनुपर्न आजको आवश्क्ता भएकाले यो परामर्श बैठकको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाख प्रमुखले कर्णाली प्रदेश सरकारका नीति तथा कार्यक्रम र कानुन निर्माण र भैरहेका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्नुभएको थियो । कर्णाली प्रदेशमा बालविवाह बढी हुने गरेको र यस्लाई स्वास्थ्यको दृष्टिकोणबाट मात्र नहेरी, आर्थिक सामाजिक, शैक्ष...
बालविवाह र बालहिंसा रोक्न बर्दियाका अभिभवाकलाई विशेष तालिम

बालविवाह र बालहिंसा रोक्न बर्दियाका अभिभवाकलाई विशेष तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, असोज १० । प्लान नेपाल को साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा सकारात्मक अभिभावकत्व र अंतरपुस्ता सम्बाद प्रसिक्षक् प्रसिक्षण बर्दियाको गुलरियामा सम्पन्न भएको छ । बारबर्दिया मधुबन , ठाकुर बाबा र गेरुवा गाउँ पालिकाका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको ८ दिने उक्क्त तालिममा सकारात्मक अभिभावकत्वका विभिन्न सीपहरु बारेमा सहजीकरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकिले बताउनुभयो । तालिमका बिसयबस्तुहरुमा आफ्ना बालबालिकाका बारेमा आमा बुवाको सपना र आशा , उनीहरुको सपना साकार पार्न अभिभावकको भूमिका ,बाल बालिकामा देखिने भिभिन्नाता र प्रारम्भिक बाल बिकाश ,बालबालिका र सकारात्मक अनुशासन , बाल संरक्षण र बालदुव्र्यवहार , बालबालिकाको तनाब ब्यबस्थापन बारे प्रसिक्षण दिईएको उहाँले बताउनुभयो । अंतरपुस्ता सम्बाद अन्तर्गत समुदायमा भयका विभिन...
एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, असोज १ । काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ । राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो । यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष र हालका सल्लाहकार सिराज खान पनि केही वर्ष अघि निर्वाचित हुनु भएको थियो । शिक्षाको क्षेत्रमा सुधारका लागि लामो समयदेखि विभिन्न गतिविधि मार्फत वकालत गर्दै आएको एनसीई नेपाल देशकै सबैभन्दा ठुलो सञ्जालको रुपमा स्थापित छ । बाँके युनेस्को क्लबले विगत लामो समयदेखि सो अभियानको सदस्य र प्रमुख सहयोगी संस्थाको रुपमा काम गर्दै आएको छ । यसैगरि बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्चको हालै क...