प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर ४ । नेपालगन्ज प्याब्सनले शनिवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई स्वागत तथा सम्मान गरेको छ ।
प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिद्धालय सह परिक्षा नियन्त्रक सुमन गौतम एन प्याब्सनका कुसुम रानाभाट रहनु भएको थियो ।
प्रमुख अतिथि मन्त्री अथकले सरकारले निजि क्षेत्रबाट सञ्चालित विद्यालयलाई प्रोत्साहन गर्ने निति ल्याउने बताउनु भयो । उहाँले शिक्षालाई व्यापार मात्र नबनाई विद्यालयलाई देश र असल नागरिक बनाउने थलो बनाउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्रीले युवाहरूले जागिर खोज्दै हिड्नु भन्दा स्वरोजगार बन्ने सम्भावना खोज्नु पर्ने र हाम्रो देशमै थुप्रै संभावना भएको र तिनको पहल गर्नु पर्ने तथा नेपाल स्काउटलाई सरकार...






