२ जेष्ठ २०८१, बुधबार

अर्थ

नेपालगन्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालगन्जमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २२ । शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले वित्तीय साक्षरताको आवश्यता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा विद्यार्थिहरुलाई जानकारी गराउनु भएको थियो । करीब ५० जना भन्दा बढी विद्यार्थीहरु रहेको सो साषरता कार्यक्रममा कलेजका प्राध्यापकसहित अध्यापकहरको समेत सहभागिता रहेको थियो ।...
भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो

भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २१ । भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याईएको दुई लाख बढीको विभिन्न सामान प्रहरीले फेरी बरामद गरेको छ । भारतबाट हुँदै आएको चोरी तस्करी निरन्तर जारी रहेको कुरा यो सामान बरामदबाट फेरी पनि पुष्टि भएको छ । राजस्व छलेर लाखौं लाखका विभिन्न सामानहरु नेपाल भित्रयाउनेहरु नाकामा सक्रिय रहेका छन् । यो कार्य नरोकिंदा बर्सेनी करोडौंको राजस्व छलि हुने गरेको पाईएको छ । तर, यसको रोकथामका लागि न त सरकारले नै कुनै विशेष योजना र कार्यक्रम बनाएको छ न त स्थानीयस्तरमा प्रहरी प्रशासनले नै कुनै योजना र कार्यक्रम बनाएको पाईएको छ । प्रहरीले त सामान मात्रै नियन्त्रणमा लिने तथा तस्करलाई भाग्न सहयोग गर्ने गरेको गुनासो पटक पटक स्थानीयले उठाउँदै आएका छन् । तर, प्रहरीले त्यस्तो हुने नगरेको सफाई दिंदै आएको छ । पछिल्लो पटक प्रहरीले नेपालगंज उपमहानगर १० बाट भन्सार छली चोरी पैठारी...
विद्युत प्राधिकरण कोहलपुरद्धारा अनलाइन महसुल तिर्न उपभोक्तालाई आग्रह

विद्युत प्राधिकरण कोहलपुरद्धारा अनलाइन महसुल तिर्न उपभोक्तालाई आग्रह

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २१ । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना उपभोक्ताहरुलाई अनलाइन माध्यमबाट महसुल बुझाएर विभिन्न झन्झटबाट जोगिन आग्रह गरेको छ । त्यसका लागि केन्द्रले उपभोक्तालाई सुचनामुलक पम्पलेट वितरण गरिरहेको छ । अनलाइन सुविधा हुँदा पनि घन्टौं लाइनमा बसेर भुक्तानी गर्न आउने विद्युत उपभोक्ताहरूलाई अनलाइन विद्युत भुक्तानी लगायतका विषयमा थप चेतना फैलाउन कोहलपुर वितरण केन्द्रले सुचनामुलक पम्पलेट वितरण गरिरहेको केन्द्रका प्रमुुख सुरज रेग्मीले बताउनुभयो । कतिपय सेवाग्राही जानकार भएर पनि अनलाइन भुक्तानी गर्न अलमल हुने, प्रक्रियाबारे स्पष्ट हुन नसकेर घन्टौंसम्म लाइनमा कुरेर महसुल भुक्तानी गर्ने हुँदा त्यस्ता सेवाग्राहीलाई थप स्पष्ट पार्न दक्ष जनशक्तिबाट अन्य अत्यावश्यक विभिन्न सुचना समेटिएको पम्पलेट प्रचारप्रसारका लागि बाड्न थालिएको केन्द्र प्रमुख रेग्मील...
बाँकेमा बेमौसमी बर्षाले करिब दुई अर्बको धान क्षति, राहातको पर्खाईमा किसान

बाँकेमा बेमौसमी बर्षाले करिब दुई अर्बको धान क्षति, राहातको पर्खाईमा किसान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
रासस बाँके, १४ मंसिर । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षात्ले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा बसेका छन् । उनीहरुले परालसमेत काम नलाग्ने भएपछि अहिले खेतमै जलाईदिएका छन् । पानीले डुबाएर धानसँगै परालसमेत गाईवस्तुले खान नमिल्ने अवस्थाको भएपछि खेतमै जलाइदिएको जानकी गाउँपालिका–५ बेलहरीका किसान रमेश बर्माले जानकारीदिनुभयो । उहाँका अनुसार कुहिएको पराल घरमा ल्याउने कष्ट नगरी खेतमै जलाइदिएपछि मल हुन्छ भन्ने बुझाइमा धेरै किसानले खेतमै परालमा आगो लगाएका छन् । बेमौसमी वर्षात्का कारण धानबालीमा क्षति भएका कारण राहतका लागि क्षतिको विवरण वडा कार्यालय हुँदै गाउँपालिका कार्यालय कृषि शाखामा किसानले बुझाएका छन् । तर अहिलेसम्म राहत नपाउँदा किसान निरास हुँदै गएका छन् । गत कात्तिक पहिलो साता केही दिनको लगातार पानीले काटेको र काट्न ठिक्क परेको धानमा ठूलो क्षति पु¥याएको थियो । किसानको...
नेपालगञ्जमा हाइजेनिक र गुणस्तरीय मासु पाइने डेली चिकेन नामक पहिलो आउटलेटको शुभारम्भ

नेपालगञ्जमा हाइजेनिक र गुणस्तरीय मासु पाइने डेली चिकेन नामक पहिलो आउटलेटको शुभारम्भ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १३ । नेपालकै पहिलो वातानुकुलित स्वच्छ र गुणस्तरीय तरिकाले मानव स्वास्थ्यका लागि कुनै पनि किसिमले प्रतिकुल प्रभाव नहुनेगरि रजा ग्रुपद्धारा उत्पादन गरिएका कुखुराको मासुको पहिलो आउटलेट को नेपालगञ्जमा सोमवार शुभारम्भ गरिएको छ । शाहरुख इन्टर प्राइजेजले नेपालगञ्ज बसपार्क, बाईपास रोड वडा नम्बर ४ मा ‘डेली चिकेन’ को नामले सो पहिलो आउटलेटको शुभारम्भ गरेको हो । उक्त आउटलेटमा नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट हाइजेनिक वातावरणमा उत्पादन गरिएका कुखुराको मासु विक्रि वितरण गर्न शुरु गरिएको शाहरुख इन्टर प्राइजेजका सञ्चालक शाहरुख रजाले बताउनुभयो । उक्त आउटलेटको शुभारम्भमा पुग्नु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद तथा पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज र सो वरिपरि कुखुराको मासुको माग उच्च रहेकोले मानव स्वास्थ्यलाई ध्यानमा राखेर वातानुकुलित स्व...
लकडाउनपछि बाँकेको होटल व्यावसाय फस्टाउँदै, लगानी थप्ने क्रम शुरु

लकडाउनपछि बाँकेको होटल व्यावसाय फस्टाउँदै, लगानी थप्ने क्रम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ११ गते । कोरोना महामारीले भएको बन्दाबन्दीले दुई वर्ष ठप्प भएको बाँकेको होटल व्यावसाय फस्टाउन थालेको छ । भारतीय र तेस्रो देशका पर्यटकको आगमन ह्वात्तै बढ्न थालेपछि यहाँको होटल व्यवसाय फस्टाउन थालेको व्यावसायीहरुले बताएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्ज होटलमा लगानी थप गर्ने र स्तरोन्नती गर्नेक्रम पनि शुरु भएको छ । नेपालगञ्जमा तारे होटलहरुको संख्या बढ्दै गएको छ । सो क्रममा होटल सिटी प्यालेसले २५ करोडको लगानी थपेर भौतिक संरचनालाई अत्याधुनिक बनाउँदै चार तारेको मान्यता पाएको छ । नेपालगञ्ज–पोखरा हवाई उडानसँगै मुगुको रारा र अन्य जिल्लाका पहाडी क्षेत्रमा पनि निजि विमान कम्पनीले उडान शुरु गर्न थालेपछि होटलको भौतिक संरचनामा सुधार गरेर गुणस्तरीय, आधुनिक सुविधायुक्त सेवा बनाइएको सञ्चालक लोकेन्द्र अर्यालले बताउनुभयो । चारतारे मान्यता पाएसँगै सिटी प्यालेसले आफ्नो...
नेपालगञ्ज विमानस्थलमा विमानमा स्याल ठोक्कियो, यात्रु सुरक्षित, जहाजको नोजल गेयरमा क्षति

नेपालगञ्ज विमानस्थलमा विमानमा स्याल ठोक्कियो, यात्रु सुरक्षित, जहाजको नोजल गेयरमा क्षति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ । बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ । सो कार्यालयका प्रमुख सुभाष झाले बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठोक्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको बताउनुभयो । उहाँले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टुक्रा भएको अबस्थामा फेला परेको बताउनुभयो । स्याल ठोकिदा जहाजको नोजल गेयरमा समस्या आएकोले सो चेकजाँचका लागि काठमाण्डौबाट ईन्जिनियरहरु आइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन अधिकारीले बताउनुभयो । सो घट्ना ...
ड्युटीसमयलाई ध्यानमा राखेरनै विमानलाई नेपालगञ्जसम्मै उडाइएको हो–नेपाल एअरलाइन्स

ड्युटीसमयलाई ध्यानमा राखेरनै विमानलाई नेपालगञ्जसम्मै उडाइएको हो–नेपाल एअरलाइन्स

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । काठमाडौंबाट रुकुमको सल्ले विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमानका चालक दलको ड्युटी समय सकिएपछि नेपालगञ्जमा अवतरण गराएर यो उडान निर्देशिका अनुरुप भएको बताइएको छ । नेपाल एयरलाइन्सको अपरेशन डिपार्टमेन्टका अनुसार फ्लाइट अपरेसन रिक्वायरमेन्टको क्लज नम्बर १४.६.१ का अनुसार चालक दलले १० घण्टा भन्दा बढी ड्युटी गरेमा नागरिक उड्ययन प्राधिकरणले लाइसेन्स समेत जफत गर्न सक्ने प्रावधान रहेकोले सो विमानलाई नेपालगञ्जसम्मकै लागि सो दिन पठाईएको थियो । गत आइतवार विहान ६ बजेर ३० मिनेटमा काठमाडौं नेपालगञ्ज रुकुम सेड्युल उडान मौसमका कारण स्थगित भएपछि सोही दिन दिउँसो २ बजेर ५८ मिनेटमा उक्त उडान गरिएको थियो । तर, चार बजेसम्म मात्रै सो विमानका चालक दलको ड्युटी समय रहेकोले विमानलाई नेपालगञ्जमा अवतरण गराई यात्रुलाई होटलमा राखेर अर्को दिन सोमवार विहान सोही विमान...
आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुम जाने यात्रु नेपालगञ्जमा झारिए

आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुम जाने यात्रु नेपालगञ्जमा झारिए

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, मंसिर ७ । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले उडान भर्ने अनुमति पाइसकेको थियो । दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए । विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला । ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे– विमानस्थलबाट प्लेन उड्नै लाग्यो । सल्ले आउँदै गर्नुहोला ।’ प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो । यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै सल्ले विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो । धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले...
रुख कटान नहुँदा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

रुख कटान नहुँदा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
प्रकाश अधिकारी, रासस कर्णाली, मङ्सिर ७ गते । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो । आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताउनुभयो । “आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो”, उहाँले भन्नुभयो । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उहाँको भनाइ थियो । आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच ...