५ जेष्ठ २०८१, शनिबार

अर्थ

बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । चिसोले विपन्न र गरिब असहाय बृद्धबृद्धा समस्यामा परेपछि उनिहरुलाई लक्षित गरेर नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा कम्बल र शिरक वितरण गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठान र कसौधन वैश्य समाजको संयुक्त आयोजनामा स्थानीय बागेश्वरी मन्दिर परिसर र सो वरिपरि मागेर गुजारा गर्दै आएका विपन्न बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यका अनुसार आइतवारदेखि एक्कासी अत्याधिक चिसो बढेपछि बागेश्वरी मन्दिर वरिपरि मागेर जिविका चलाउने बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको बताउनुभयो । बागेश्वरी मन्दिर परिसरमा रहेका अति विपन्न बृद्धबृद्धालाई प्रतिष्ठानका अध्यक्ष वैश्य, वरिष्ठ पत्रकार अक्षरी पोखरेल लगायतले कम्बल तथा शिरक वितरण गर्नुभयो । चिसो क्रमश...
मौसम खराब हुँदा नेपालगञ्जबाट विहानका उडान हुन सकेनन्

मौसम खराब हुँदा नेपालगञ्जबाट विहानका उडान हुन सकेनन्

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, पुस ४ गते । आइतवार विहानैदेखि यहाँ चलेको शितलहर, कुहिरो र हुस्सुले गर्दा दिउँसो १ बजेसम्म नेपालगञ्ज विमानस्थल बन्द रहेको छ । कुहिरो र हुस्सुले भिजीविलिटी निकै कम भएका कारण आइतवार विहानबाट दिउँसोसम्म नेपालगञ्जबाट कुनै पनि हवाई उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुभाष झाँका अनुसार मौसमका कारण विमानस्थल नखुल्दा विहान पहाडी जिल्लाहरुमा हुने सबै उडान रद्द गरिएका छन् भने संघीय राजधानीका लागि हुने उडानहरु प्नि रद्द भएका छन् । दिउँसोपछि मौसममा सुधार हुने अपेक्षा गरिएकोले मौसममा सुधार भयो भने मात्रै हवाई उडानहरु सुचार गरिने प्रमुख झाँले बताउनुभयो । नेपालगञ्जबाट विहान हुल्म्लाको सिमिकोट, मुगुको रारा, डोल्पा र जुम्लामा हवाई उडान हुने गरेका छन् भने राजधानी काठमाण्डौ र पोखराका लागि विहान, दिउँसो र बेलुका समेत...
शसस्त्र प्रहरीको सक्रियताले तस्करमा खैलाबैला, १३ गोलिया सिसमसहित दुई ट्याक्टर नियन्त्रणमा

शसस्त्र प्रहरीको सक्रियताले तस्करमा खैलाबैला, १३ गोलिया सिसमसहित दुई ट्याक्टर नियन्त्रणमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३ पुस । अवैध सामान ओसारपसार र चोरी तस्करी विरुद्ध सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले बाँकेको डुडुवाबाट ठुलो परिमाणमा अवैध सिसमको काठसहित दुई वटा टयाक्टर बरामद गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा खटिएको टोलीले डुडुवा गाउँपालिका ५ खजुरा गाउँस्थित गोकुल सामुदायिक बनमा दुई वटा टयाक्टरमा लोड गरिरहेको अवस्थामा १३ गोलिया जंगली सिसमसहित टयाक्टर बरामद गरिएको हो । गोकुल सामुदायिक बनमा अवैधरुपमा सिसमको काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक थारुको कमान्डमा गएको टोलीले शनिवार बिहान ३ बजे अवैधरुपमा तस्करीको लागि लोड गरिरेहेको अवस्थामा १...
राजस्व छलेर ल्याईएको तीन लाखका कपडा, चिनी र हाडवेयरका सामान प्रहरीद्धारा बरामद

राजस्व छलेर ल्याईएको तीन लाखका कपडा, चिनी र हाडवेयरका सामान प्रहरीद्धारा बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २९ मंसिर । भारतबाट राजस्व छलेर लयाएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले बरामद गरेको छ । प्रहरीले सक्रियता देखाउँदै दिनदिनै सामान पक्राउ गर्दै आएपनि तस्करहरुले आफ्नो काम छाडेका छैनन् । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको तीन लाख रुपियाँको लत्ता कपडा, चिनी र हाडवेयरका सामान प्रहरीले नेपालगञ्ज वडा नम्बर १६ बाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो बारेमा थप अनुसन्धान भैरहेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो । उहाँले राजस्व छलेर सामान भित्रयाउन सक्रिय तस्करलाई प्रहरीले कुनै पनि हालतमा सफल हुन नदिने जनाउँदै सीमानामा निगरानी र गस्ती दुबै बढाईएको बताउनुभयो । यहाँस्थित नेपाल भारत सीमानामा रहेको जमुनाह प्रहरी कार्यालय, सीमा प्रहरी कार्यालय र शसस्त्र प्रहरीका विभिन्न चेकपोष्टले तस्करी र अवै...
सामुदायिक वनको १५ लाख रुपियाँ पदाधिकारीद्धारानै हिनामिना

सामुदायिक वनको १५ लाख रुपियाँ पदाधिकारीद्धारानै हिनामिना

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २९ मंसिर । बाँकेको रााप्तीसोनारी गाँउपालिका वडा नम्वर ४ माहुको श्री रामजानकी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीले मिलेर १५ लाख रुपियाँ हिनामिना गरेको आरोप सोही समुहका उपभाक्ताले लगाएका छन् । सिक्टाको नहर निमार्ण गर्ने क्रममा सामुदायिक वनको रुखहरु काटेर विक्रि गर्दा भएको २७ लाख आम्दानी मध्ये १२ लाखमा कार्यालय भवन निर्माण गरेको देखाइए पनि अरु १५ लाख हिनामिना गरिएको पाईएको उपभोक्ताको भनाई छ । उपभोक्ता समुहकी अध्यक्ष कृष्णि चौधरी, सचिव बासुु चौधरी र कोषध्यक्ष सरिता चोधरीको मिलोमतोमा सो हिनामिना भएको तिनै जनाले स्विकार गरेको जनाईएको छ । रुखबाट प्राप्त रकम सामुदायिक वनको सिभिल बैंकको खातामा जम्म गरिएको थियो । जस मध्य १२ लाख भवन निर्माण र बाँकी रकम अध्यक्ष, कोषध्यक्ष र सचिवले हिनामिना गरेको उपभोक्ता डिल्ली चौधरीले बताउनुभयो । चौधरीका अनुसार आफनो घरमा काम प...
नेपालगञ्ज विमानस्थलमा सुधारका लागि बासको एक महिने अल्टिमेटम

नेपालगञ्ज विमानस्थलमा सुधारका लागि बासको एक महिने अल्टिमेटम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २८ । नेपालगन्ज विमानस्थलमा देखिएकोअस्तव्यस्तता र जंगली जनावर धापनमार्गमा छिर्ने घट्नामा सुधार ल्याउन बासले विमानस्थल व्यवस्थापनलाई एक महिनाको अल्टिमेटम दिएको छ । एक महिनाभित्र सुधार नगरिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी समेत बासले मंगलवार नागरिक उड्डयन कार्यालय नेपालगञ्जलाई बुझाएको ज्ञापनपत्रमा दिर्ईएको छ । विमानस्थलको अस्तव्यस्तता विरुद्ध मंगलवार विमानस्थलको मूल गेटमा एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो। विमानस्थलको मुल गेटमा बिहान १० बजेदेखि ११ बजे सम्म विभिन्न प्लेकार्ड बोकेर जम्मा भएका बास नेपालका युवाले सो प्रदर्शन गरेको थियो । शान्तिपुर्ण प्रर्दशनको क्रममा नेपालगन्ज विमानस्थल भित्रका समस्याहरु लेखिएका प्लेकार्ड सहभागिहरुले टाँस गरेका थिए । एक घण्टाको शान्तिपुर्ण प्रर्दशनपछि बासले विमानस्थलका समस्याहरु समाधानका लागि नेपालगन्ज विमान स्थलका...
भारतबाट हुने अवैध आयात निरन्तर जारी, फेरी १३ लाखको सामान बरामद

भारतबाट हुने अवैध आयात निरन्तर जारी, फेरी १३ लाखको सामान बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २७ । भारतबाट हुँदै आएको अवैध आयात र चोरी तस्करी निरन्तर जारी रहेको छ । सोही क्रममा सशस्त्र प्रहरीको टोलीले बाँकेबाट एउटा भ्यानसहित ठुलो परिमाणमा भारतबाट अवैध रपमा भित्रयाईएको लेडिज ब्रा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुरा खुर्दबाट सोमवार बिहान ४ बजे भे १ च २६३९ नम्बरको भ्यानसहित १६६९ दर्जन लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले बताउनुभयो। गस्तीमा रहेको नायब निरीक्षक रोकायको टोलीले बर्दियाबाट आइरहेको उक्त भ्यान खजुरा खुर्दमा रोकिराखेको अवस्थामा चेकजाँचका क्रम ती अवैध सामाग्री फेला परेको एसपी बमले बताउनुभयो । एसपी बमका अनुसार बरामद गरिएको ब्रा को मूल्य ८ लाख १ हजार ...
धान विक्रिको कुपन लिन गएका किसानहरु कृषि ज्ञान केन्द्रको गेट फोडेर भित्र छिरे

धान विक्रिको कुपन लिन गएका किसानहरु कृषि ज्ञान केन्द्रको गेट फोडेर भित्र छिरे

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २४ मंसिर । धान बिक्रिका लागि कुपन लिन कृषि ज्ञान केन्द्र बाँकेमा पुगेका कृषकले छिटो कुपन पाउनका लागि तछाड मछाड गर्दै ज्ञान केन्द्रको मुख्य गेटको ढोका तोडफोड गरेका छन । कुपन लिन विहानै कार्यालयमा पुगेपनि ११ बजेसम्म कुपन वितरढा नगरिएपछि आक्रोशित भएका उनिहरुले ढोका तोडफोड गरेर भित्र छिरेका थिए । धान विक्रिका लागि कृषि ज्ञान केन्द्रको सिफारीस अनिवार्य गरिएपछि कुपन लिन चाहने किसानको संख्या धेरै भएकोले आफ्नो पालो नआउला भन्ने डरले अधिकांश किसानले पहिलेनै पालो खोजीरहेका छन् । खाद्य व्यवस्था कम्पनीमा धान खरिद कार्य सहज बनाउन प्राथमिक खरिद समितिको बैठकले कृषि ज्ञान केन्द्र बाँकेको सिफारीस कुपन गर्दै धान बेच्न चाहने कृषकलाई शुक्रबार देखि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको थियो । कुपन वितरण हुने सूचना पाएका किसानहरु शुक्रबार बिहान ५ बजेदेखि कृषि ज्ञान केन्द्र बाँकेम...
एक लाख मुल्यको अवैध काठ प्रहरीद्धारा बरामद, काठ तस्कर फरार

एक लाख मुल्यको अवैध काठ प्रहरीद्धारा बरामद, काठ तस्कर फरार

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २४ मंसिर । बाँकेको डुडुवा गाउँपालिका २ स्थित जाफरपुरुवाबाट १ लाख मूल्य बराबरको अवैध सालको काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी, झोरा सामुदायीक वन उपभोक्ता समुह र वन कर्मचारीहरुको टोलिले बरामद गरेको छ । नेपाल प्रहरी, शशस्त्र प्रहरी, झोरा सामुदायीक वनकापदाधिकारी र डिभिजन वन कार्यालय बाँकेको सयुक्त टोलीले डुडुवा गाउँपालिका २ जाफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्युविक फिट अवैध रुपमा काटी ल्याई लुकाई राखिएको सालको काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो टोलिले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा सालको काठ घरमा लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा सो टोलिले अपरेसन सुरु गर्ने क्रममा सालको काठ बरामद गरेको जिल्ला बव डिभिजन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो । प्रमुख कडेलका अनुसार दोषी कमाल खाँ...
विप्लव माओवादीको युवा संगठनद्धारा लाखौंको अवैध गिट्टी, बालुवा र ढुंगा कब्जा

विप्लव माओवादीको युवा संगठनद्धारा लाखौंको अवैध गिट्टी, बालुवा र ढुंगा कब्जा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २२ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको युवा संगठन नेपालले बाँकेमा अवैध रुपमा उत्खनन गरी भण्डारण गरिएका गिट्टी, बालुवा र ढुंगालाई कब्जा गरेको घोषणा गरेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकास्थित विभिन्न ३ स्थानमा डम्पिङ गरिएको उक्त सामाग्रीलाई विप्लव समुहको युवा संगठन नेपालले कब्जा गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्वर २ को टीकुलीपुर र वडा नम्बर ६ फत्तेपुरस्थित खल्लाटेपरी, ढलैयामा डम्पिङ गरेर राखिएको करोडौं मुल्यको नदीजन्य सामाग्री सो संगठनले कब्जा गरेको जनाएको छ । अवैध रुपमा गिट्ट, बालुवा संकलन गरेर सामुदायिक वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा कब्जा गरिएको विप्लव निकट युवा संगठन नेपाल बाँकेले जनाएको छ । चोरी तस्करी गरेर राखिएका गिट्टी र बालुवा जनताको सम्पत्तिका रुपमा राज्यले लिनुपर्ने उक्त संगठनले जनाएको छ । विप्लव निकट अख...