हरित अर्थतन्त्र परियोजनाअन्तर्गत राजापुरमा फोहोरलाई मोहोर बनाउने तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, चैत ६ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा पालिकामा “फोहरलाई मोहर” (फोहरमैला व्यवस्थापनबाट रोजगारी सिर्जना गर्ने) विषयक तीन दिने तालिम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।
३० जना युवतिहरुको सहभागिता रहेको सो तालिमको समापन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले फोहोर व्यवस्थापनबाट आय आर्जन गर्ने र रोजगारी सृजना गर्न सहयोग गर्ने यस्तो तालिमले फोहोर व्यवस्थापनसंगै आर्थिक विकास पनि हुने बताउनुभयो ।
उहाँले राजापुरमा सञ्चालन गरिएको हरित अर्थतन्त्र परियोजनालाई सफल पार्न नगरपालिकाले हरेक प्रकारको सहयोग र समर्थन गर्ने पनि बताउनुभयो ।
तालिम समापन कार्यक्रमकी अध्यक्ष तथा तालिमका सहभागि आकृति चौधरीले यो तालिमबाट सहभागिहरुलाई विभिन्न किसिमका फोह...









