कतार च्यारिटीद्धारा दिईएको तीन महिने सिलाई कटाई तालिम सम्पन्न, मेसिनसहित सामाग्री वितरण
समाचारदाता
नेपालगन्ज, पुस २५ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि विपन्न, एकल र उत्पिडित महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ ।
दलित, मधेसी, मुस्लिम, जनजाति लगायतका अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको नेपाल एकीकृत विकास परियोजना दुई अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो ।
तालिममा २३ जना अति विपन्न, एकल महिला र सामाजिक रुपमा उत्पिडित महिलाहरुको सहभागिता रहेको थियो ।
क्लबका वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंगको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले सहभागिहरुलाई म...









