६ बैशाख २०८१, बिहीबार

स्वस्थ्य

बालिका पुजा चौधरी बनिन् गुलरिया नगरपालिकाकी उपप्रमुख

बालिका पुजा चौधरी बनिन् गुलरिया नगरपालिकाकी उपप्रमुख

ताजा-अपडेट, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर ११ । बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाउनु भयो । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गर्नु भएको हो । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा बालिका पुजा चौधरीले गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्नुभयो । बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा सो भूमिका निर्वाह गर्नु भएकी चौधरीलाई बाल क्लबकी अध्यक्ष उजस्वी ढकालले किशोरी क्लबको तर्फ...
एमडिएम फ्रान्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

एमडिएम फ्रान्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, मङ्सिर ८ गते । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत त्रिपालहरू सहयोग गरेको छ । औषधि र त्रिपाल वितरण गरेर जाजरकोटबाट फर्किनुभएका एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले दिनुभएको जानकारीअनुसार जाजरकोट अस्पताललगायत बारेकोट स्वास्थ्य चौकीको आधारभूत सेवालाई सुचारु राख्न औषधि तथा टेन्ट सहयोग गरिएको हो । उहाँले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्थालाई अध्ययन गरी अति आवश्यक औषधि र त्रिपाललगायतको सहयोग गरिएको बताउनुभयो । औषधि र त्रिपाल हस्तान्तरण गर्न गएका बेला भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ३०० भन्दा बढीको उपचार गर्दै औषधि वितरण गरिएको कार्यक्रम अधिकृत कार्कीले बताउनुभयो । बारेकोटको लिम्सास्थित अस्पतालमा आ...
बर्दियाको बढैयातालमा शसक्त बालिका परयोजना सञ्चालन

बर्दियाको बढैयातालमा शसक्त बालिका परयोजना सञ्चालन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर ८ । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारे...
भूकम्प पीडितहरुकालागि भारत सरकारले पठाएको औषधि नेपालगन्जमा हस्तान्तरण

भूकम्प पीडितहरुकालागि भारत सरकारले पठाएको औषधि नेपालगन्जमा हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, मङ्सिर ५ गते । जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्जसम्म ल्याइएको सो औषधि मङ्गलवार भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । औषधि हस्तान्तरण गर्दै भारतीय राजदूतावासका द्वितीय सचिव सिन्हाले भारतले यसअघि पनि भारतीय वायुसेनाको विमानमार्फत तीन खेप अति आवश्यक राहात सामाग्री नेपालगन्ज पुर्‍याइसकेको जनाउँदै अहिले औषधिको आवश्यकता महसुस गरेर एक ट्रक औषधि प्रदान गरिएको बताउनुभयो । उहाँले भारत सरकारले भविष्यमा पनि थप सहयोग जारी राख्ने जनाउँदै प्रभावित जिल्लाको आवश्यकता अनुसार सहयोग आउने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले भारत सरकारले ४० प्रकारको ...
सुमित मेडिको फार्म र जेभि फाउन्डेसनले भुकम्पपिडितका लागि एकलाख ६७ हजारको औषधी पठायो

सुमित मेडिको फार्म र जेभि फाउन्डेसनले भुकम्पपिडितका लागि एकलाख ६७ हजारको औषधी पठायो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, कात्तिक २१ । जारकोट र रुकुम पश्चिमका भुकम्पपिडित र घाइतेका लागि विभिन्न राहात र सहयोग जुट्ने क्रम तिव्र भएको छ । अहिले देशभित्र र देश बाहिरबाट सहयोग गर्नेहरु सक्रिय देखिएका छन् । सोही क्रममा नेपालगन्जस्थित सुमित मेडिको फार्म र जेभि फाउन्डेसन बाँकेले १ लाख ६७ हजार रुपियाँ भन्दा बढीको औषधी प्रभावित जिल्लामा पठाएको छ । सुमित मेडिको फार्मका सञ्चालक तथा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य प्रेम कुमार यादवले सो औषधी सहयोग गरेर भुकम्पबाट घाइते भएकाहरुको उपचारका लागि पठाउनु भएको हो । जेभि फाउन्डेसनका केन्द्रिय सदस्य यादवले सो औषधीबाट घाइतेको उपचारमा सहयोग पुग्ने र उपचार सहज हुने बताउनुभयो । उहाँले सो औषधी सहयोगमा जेभि फाउन्डेसनका केन्द्रिय सदस्य दिनेश्वर प्रसाद यादव, लुम्बिनी प्रदेश सदस्य नरेन्द्र हरिजन, बाँकेका जिल्ला सचिव राम रावत चौधरी र कोहलपुर सभापति जयराम थारुले पनि...
प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असोज १७ । प्लान इन्टरनेशनल नेपालको ४५ औँ बार्षिक उत्सवको अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजनिक गर्दै कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी रहेको जनाउँदै त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएको बताउनुभयो । सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो रहेको जनाउँदै मुख्यमन्त्री शर्माले कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका...
बर्दियाका बाढी पिडितलाई राहात र सहयोग उपलब्ध गराउने कार्य तिव्र

बर्दियाका बाढी पिडितलाई राहात र सहयोग उपलब्ध गराउने कार्य तिव्र

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ । युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहात सामाग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ । बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ । सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभय...
आत्महत्याको रोकथाम कसरी गर्ने ?

आत्महत्याको रोकथाम कसरी गर्ने ?

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
डा मो.ऐनुद्दीन बागबान सेप्टेम्बर १०तारीखका दिन संसारभरी विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वमा आत्महत्या बारे जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान भ्रमहरुलाई निर्मूल पारी यसको रोकथाम तथा न्यूनीकरण गर्नु हो। यसवर्ष पनि “कार्यमार्फत आशाको सिर्जना” भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२३ मनाइंदैछ।आत्महत्या विश्वकै एउटा जटिल मनोसामाजिक समस्या हो। यो शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक तथा पारिवारिक कारणहरुको समिश्रणले हुने गर्दछ। विश्वमा बर्षेनी करीब ७ लाखभन्दा बढी व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गर्दछ।नेपालमा हरेक दिन १९ जनाभन्दा बढी व्यक्तिहरुले आत्महत्या गरेर आफ्नो ज्यान गुमाईरहेका छन्। कोरोना महामारीपश्चात आत्महत्या गर्ने युवाहरुको संख्या असामान्यरुपमा बढीरहेकोछ। समयमै सतर्कता अपनाउने हो भने धेरै हदसम्म आत्महत्याक...
बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १२ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले बाल्मिकी समाज बाँकेलाई व्यवसायीक प्रयोजन र सरसफाईमा सहयोगका लागि १३ लाख रुपियाँ भन्दा बढीको एउटा सक्सन टैंक र एक थान ट्रली हस्तान्तरण गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत सो टैंक र ट्रली हस्तान्तरण गरिएको हो । मंगलवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, एमडिएम फ्रान्सको फ्रान्सस्थित मुख्य कार्यालयका डेस्क अफिसर हुगो, एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खान र वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले संयुक्त रुपमा सो टैंक र ट्रलीलाई बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै न...
बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो । सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्बमन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्...