‘जीवनका लागि पोषण’ परियोजनाको जिल्ला स्तरीय परियोजना प्रारम्भ कार्यशाला सम्पन्न
समाचारदाता
नेपालगन्ज, चैत ९ । बाँके यूनेस्को क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा नेपालगन्ज उपमहानगरपालिकामा ‘जीवनका लागि पोषण परियोजना’ अन्तर्गत जिल्ला स्तरीय परियोजना प्रारम्भ (क्तबचत–ग्उ) कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यशालाको उद्देश्य जिल्लास्तरका सरोकारवालाहरूलाई परियोजनाको उद्देश्य, रणनीति तथा कार्यान्वयन प्रक्रियाबारे अभिमुखीकरण गराउनु रहेको थियो । कार्यक्रमको औपचारिक उदघाटन स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले गर्नुभएको थियो ।
कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेंद्र कुमार चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको सुरुवातमा हेलन केलर इन्टरनेशनलका फिल्ड अफिसर लिल बहादुर नेपालीले स...









