भेरी अस्पतालको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल शुरु गर्न विरामीको माग
नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, २ मंसिर । भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल सञ्चालनको माग गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूलाई ज्ञापनपत्र बुझाइएको छ ।
कोरोना महामारी सुरु भएपछि उक्त उपचार केन्द्र बन्द गरिएपछि सिकलसेलका बिरामी समस्यामा परेकोले उपचार केन्द्र पुनः सञ्चालन गर्न बिरामीले दबाब दिँदै आएका छन् ।
विभिन्न बहाना बनाएर अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले उपचार केन्द्र बन्द गराएको भन्दै तत्काल सञ्चालनको माग गर्दै सिकलसेल एनिमिया सोसाइटीले मन्त्री थारूलाई ज्ञापनपत्र बुझाएको हो ।
भेरी अस्पतालका लागि सिकलसेल फोकल पर्सन वरिष्ठ फिजिसियन डा।राजन पाण्डेको भरतपुर सरुवा भएपछि उपचार केन्द्र बन्द गरिएकोमा अब तत्काल सुरु गर्न दबाब बढाइएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बताउनुभयो ।
लुम्बिनी ...







