स्वस्थ्य

कोरोनाबाट कोहलपुरका थप एक जनाको उपचारका क्रममा मृत्यु

कोरोनाबाट कोहलपुरका थप एक जनाको उपचारका क्रममा मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेका स्थानीय थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ बाँकेका ८२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा सोमवार दिउँसो मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । उनलाई यही ९ गते कोरोना पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार हुन नसक्दा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बाँकेमा ३४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एकजनामा भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ जनाको नमुना जाँच्दा एकजनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६६ पुगेको पनि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्...
कतार च्यारिटी र समाज कल्याण परिषद विच पाँचबर्षे साधारण सम्झौता सम्पन्न

कतार च्यारिटी र समाज कल्याण परिषद विच पाँचबर्षे साधारण सम्झौता सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, मङ्सिर २० । समाज कल्याण परिषद र कतार च्यारेटीविच पाँच वर्षका लागि साधारण सम्झौता सम्पन्न भएको छ । कतार च्यारिटीका अन्तराष्ट्रिय सहयोग तथा साझेदारी विशेषज्ञ मोहम्मद तैमुर साकिबको उपस्थितीमा कतार च्यारिटीले समाज कल्याण परिषदसँग सो साधारण सम्झौतामा हस्ताक्षर गरेको हो । सन् २०१६ मा साधारण सम्झौता गरि परियोजना सम्झौतामार्फत पाँचबर्षे कार्यक्रमहरु सम्पन्न गरि आगामी पाँच बर्षका लागि यो सम्झौता गरिएको कतार च्यारेटी नेपालका कार्यक्रम प्रबन्धक ईर्शाद अलि शेषले बताउनुभयो । उहाँका अनुसार पाँचबर्षे परियोजना नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु सम्पन्नगरि नेपालको सामाजिक मुल्य मान्यता र आपसी सद्धभावलाई सुदृढ पार्दै विपन्न परिवार तथा आर्थिक, सामाजिक र शैक्षिक रुपले पिछडिएको समुदायको गुणस्तरिय जिवनकालागि थप कार्यक्रमहरु ल्याउन यो सम्झौता गरिएको छ । जिवनलाई जि...
कोभिड नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन जमुनाहा नाकामा कडाई

कोभिड नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन जमुनाहा नाकामा कडाई

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, मङ्सिर १६ गते । घातक मानिएको कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस भारतबाट नेपाल भित्रिन सक्ने सम्भावना रहेकाले यहाँस्थित जमुनाहा नाकामा कडाई शुरु गरिएको छ । विशेषगरी भारतका विभिन्न ठूला सहरमा काम गरेर फर्किने नेपालीसँगै सो भाइरस पनि भित्रिन सक्ने खतरा रहेकाले स्वदेश फर्किने सवै नेपालीको एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्न थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार यसअघि भारतबाट आउने हरेक समुहबाट एक जनाको मात्रै परीक्षण गरेर पोजेटिभ भेटिएमा अरु सबैको गर्ने गरिएको थियो । अहिले भारतबाट आउने सबैको परीक्षण शुरु गरिएको उहाँले बताउनुभयो । जमुनाहा नाकामा रहेका हेल्थ डेस्कलाई भारतबाट फर्किने सबै नेपालीको कोरोना जाँच गर्न निर्देशन दिइएपछि काम गरेर फर्किने सवै नेपालीको कोरोना जाँच गर...
गत तीनदिनदेखि दैनिक बाँकेका एक संक्रमितको मृत्यु

गत तीनदिनदेखि दैनिक बाँकेका एक संक्रमितको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, मङ्सिर १२ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका बाँके जिल्लाका संक्रमितमध्ये लगातार तेस्रो दिन पनि एक जनाको मृत्युभएको छ । यसअघि गत दुई दिन कोहलपुरका दुई जना संक्रमित महिला–पुरुषको मृत्यु भएको थियो भने गएराती बाँके बैजनाथका ५५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार गत तीन दिनदेखि लगातार दैनिक एक जनाको दरले बाँकेका संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारकाक्रममा बैजनाथ गाउँपालिका– १ बाँकेका ५५ वर्षीय पुरुषको गएराती मृत्यु भएको उहाँले बताउनुभयो । यही मङ्सिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलीपल्ट ८ गते उहाँलाई थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा गएराती उहाँको मृत्...
राप्रपाद्धारा बाँकेका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्टेटर मेसिन बितरण

राप्रपाद्धारा बाँकेका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्टेटर मेसिन बितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज मंसिर १० । कोरोना संक्रमणको उपचारका लागि स्वास्थ्य संस्थाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उदेश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँकेका विभिन्न ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई ३० लाख भन्दा बढीको १४ वटा अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराएको छ । अमरधन स्मृति प्रतिष्ठान एनआरएन हङकङको सहयोग तथा राप्रपाका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको पहलमा बाँकेका एक दर्जन स्वास्थ्य संस्थामा अक्सिजन उत्पादन गर्ने उक्त कन्सन्टेटर मेसिन वितरण गरिएको राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालले जानकारी दिनुभयो । उहाँले कोरोनाको संभावित तेस्रो लहरको तयारी स्वरुप कोरोना उपचारका महत्वपुर्ण रहेको उक्त अक्सिजन कन्सन्टेटर मेसिन उपलब्ध गराईएको बताउनुभयो । राप्रपाका अनुसार कोरोना महामारीको सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गरेर कुसुम स्वास्थ्य चौकी, ओभरी स्वा...
कोरोनामा प्लाज्माको व्यवस्थापन गर्ने माधवीलाई अमेरिका र दुबईमा सम्मान

कोरोनामा प्लाज्माको व्यवस्थापन गर्ने माधवीलाई अमेरिका र दुबईमा सम्मान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । शिक्षण पेशामा आवद्ध भएपनि नेपालगञ्जकी माधवी शाहले कोरोना महामारीमा प्लाज्मा संकलनमा उल्लेखनिय भूमिका निर्वाह गर्नु भएकोमा उहाँलाई अमेरिका र दुबईमा सम्मान गरिएको छ । शाहको योगदानको उच्च मुल्यांकन गर्दै अमेरिकाको नेपाली संस्थाहरुमा स्थापित संस्था नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाले सम्मान गरेको छ भने नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले दुबईमा नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको छ । नेपालमा कोरोना महामारीमा विशिष्ट सहयोग गर्ने नेपालगञ्जकी शाह लगायत १२ जनालाई सम्मान गरिएको नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाका अध्यक्ष विनय अर्यालले टेलिफोनमा बताउनुभयो । यसैगरि नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले कोभिड–१९ महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी विभिन्न तवरबाट सामाजिक कार्य गरेको जनाउँदै शाहलाई पनि नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको एशोसिएसन...
कोरोनाको खतरा अझै पुर्ण रुपमा टरेको छैन, सावधानी अपनाउन सुझाव

कोरोनाको खतरा अझै पुर्ण रुपमा टरेको छैन, सावधानी अपनाउन सुझाव

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
दुई दिनमा थप तीन जना संक्रमितको भेरी अस्पतालमा मृत्यु सिराज खान नेपालगञ्ज, मंसिर ५ । पछिल्लो समयमा आएर कोरोना संक्रमण निकै घट्दै गएको पाईएपनि जोखिम र खतरा अझै पुर्ण रुपमा नटरेको स्वास्थ्यकर्मीले जनाएका छन् । चिसो मौसम शुरु भैसकेको र कोरोना विरुद्धको सावधानी समेत निकै कम भैसकेकोले अझै पनि सो रोगबाट हानी हुने जोखिम र खतरा कायमै रहेको भेरी अस्पतालका निवर्तमान प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । उहाँले केही दिनयता संक्रमित भेटिने क्रम निकै कम भएपनि युरोप लगायतका विदेशी मुलुकमा फेरी बढी रहेको पाईएको तथा नेपालमै पनि पुर्ण रुपमा शुन्यमा नझरी सकेकोले अझै सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो । पहिलो र दोस्रो चरणको महामारीमा निकै राम्रो स्वास्थ्य व्यवस्थापन गर्नु भएका डा. थापाले अझै केही समय निकै सचेत रहनुपर्ने र सावधानी पनि अपनाउनु पर्ने बताउनु भएको छ । विशेष गरेर भिडभाडमा जाँदा वा आफ्ना बालबाल...
राप्तीसोनारीको निशुल्क स्वास्थ्य शिविरमा १७६ लाई स्वास्थ्य सेवा प्रदान

राप्तीसोनारीको निशुल्क स्वास्थ्य शिविरमा १७६ लाई स्वास्थ्य सेवा प्रदान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३ मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा शुक्रवार सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरबाट १७६ जना विपन्नले स्वास्थ्य सेवा पाएका छन् । जिल्लाको दुर्गम स्थानमा गएर असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको सो स्वास्थ्य शिविरमा आएर उक्त क्षेत्रका १७६ जना विरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएको आयोजकले जनाएको छ । उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा कार्यरत नाक, कान, घाँटी रोग बिशेषज्ञ डाक्टर प्रकाश बसेल र भेरी अस्पताल नेपालगंजमा कार्यरत जनरल फिजिसियन डाक्टर सल्मान शेषले चेकजाँच गरी उपचार परामर्श दिनुभएको थियो । निशुल्क स्वास्थ्य शिविर गाउँमै पुगेपछि स्थानीयले निकै खुशी भएर स्वास्थ्य परिक्षण गराएको र आयोजकप्रति आभार समेत प्रकट गरेका थिए ।  ...
अनुचित व्यापारिक क्रियाक्लाप गर्ने अन्सारी टेडर्सलाई ५० हजार जरिवाना

अनुचित व्यापारिक क्रियाक्लाप गर्ने अन्सारी टेडर्सलाई ५० हजार जरिवाना

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २ मंसिर । संयुक्त बजार अनुगमन समितिले बिहिबार एक्कासी गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाक्लाप गरेको पाएपछि विपी चोकको एक व्यापारिक फर्ममाथि ५० हजार जरिवाना गरेको छ । अनुगमन समितिले विपी चोकस्थित अन्सारी टे«डर्सलाई ५० हजार जरिवाना गर्नुका साथै म्याद नाघेका खान अयोग्य ८ हजारको खाद्य सामाग्री पनि नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो । सो पसलमा म्याद नाघेका खान अयोग्य सामाग्रीहरुको खुला रुपमा विक्रि हुने गरेको र अनुचित व्यापारिक क्रियाक्लाप गरिरहेको भन्ने जनगुनासोको आधारमा अनुगमन गर्दा त्यस्तो भेटिएको उहाँले बताउनुभयो । समितिले विपी चोकका अन्य केही पसलमा समेत अनुगमन गरेको जनाईएको छ । सो अनुगमन टोलीमा जिल्ला प्रशासान कार्यालयका वेदेश्वर गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविन राना, खाद्य प...
स्वास्थ्य प्रमुख विशेषज्ञमा भेरी अस्पतालका डा. यादवसहित तीन जनाको बढुवा

स्वास्थ्य प्रमुख विशेषज्ञमा भेरी अस्पतालका डा. यादवसहित तीन जनाको बढुवा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह प्रमुख विशेषज्ञमा भेरी अस्पतालका वरिष्ठ सर्जन डा. श्याम सुन्दर यादव लगायत तीन जना चिकित्सक बढुवा भएका छन्। विहिबार बसेको मन्त्री परिषद बैठकले डा यादव, डा भिमसिंह टिंकरी र डा.गुणराज लोहनीको बढुवा गरेको छ। गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले पहिलो नम्बरमा नेपालगञ्जस्थित भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो। मन्त्रिपरिषदले प...