समय अनुसार र प्राथमिकताका आधारमा जनताका माग पूरा गर्ने दिपेन्द्र विष्टको प्रतिवद्धता
समाचारदाता
नेपालगन्ज, माघ २७ । निर्वाचनको मिति नजिकिंदै गर्दा बाँके क्षेत्र नं २ मा चुनावी सरगर्मी बढ्दै गएको छ । सो क्रममा विभिन्न उम्मेदवारले मतदाता भेटघाट र घरदैलोको पहिलो चरणलाई तिव्र पारेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्टले पनि जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिनुभएको छ। यही क्रममा उहाँले मंगलवार डुडुवा गाउँपालिका–५ र नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ का विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग आत्मीय संवाद गर्नुभएको छ।
भेटघाटका क्रममा उम्मेदवार बिष्टले स्थानीय बासिन्दाका दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभयो। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र युवाका अवसरजस्ता विषयमा केन्द्रित छलफलले जनतासंग उहाँलई प्रत्यक्ष जोड्न ठुलो सहयोग गरेको छ ।
डुडुवा–५ मा भएको भेटघाटमा ग्रामीण जीवनका चुनौतीहरूबारे खुलेर स्थानीयले कुरा रा...









