सोफिया स्कुलको बार्षिक खेलकुद दिवस अतिनै भव्य र सभ्य रुपमा सम्पन्न, आइ लभ सोफियाको नाराले गुन्जियो मैदान
समाचारदाता
नेपालगन्ज, फागुन ५ । हरेक दृष्टिकोणले बाँकेकै सर्वोत्कृष्ट बिद्यालय मध्येको एक सोफिया इङ्लिस स्कुलले मंगलवार अतिनै भव्य र सभ्य रुपमा २१औँ वार्षिक खेलकुद दिवस मनाएको छ ।
विहान दस बजेदेखि बुलुका सात बजेसम्म निरन्तर चलेका खेलकुदका फाइनल प्रतिष्पर्धा र सयौं बिद्यार्थिहरुले एकै पटक देखाएको रंगिचंगी पिटि ड्रिल र सामुहिक नृत्यले त्यहाँ उपस्थित सयौं अभिभावक, पाहुना र पत्रकारको मन जित्न सफल भयो । बिद्यालयका शिक्षक र व्यवस्थापनले महिनौदेखि गरेको तयारी र विद्यार्थिहरुको पनि एक महिनादेखिको निरन्तर अभ्यास र प्रतियोगिताले गर्दा अतिनै भव्य र सफल कार्यक्रम सम्पन्न गरेर खेलकुद दिवस बिदा भयो ।
मंगलवार बिद्यालयको मैदानको चारैतिर रंगीन झण्डा फहराइरहेका थिए, विद्यार्थीहरूको अनुहारमा उत्साहको चमक थियो, अभिभावकहरू आफ्ना छोराछोरीको सफलतामा गर्वले भरिएका देखिन्थे। केही दिन अघिनै सम्पन्न भएका फुटबल, भल...









