लुम्बिनी प्रदेशमै पहिलो पटक बाँकेमा बुस्टर डोज लगाउन शुरु
सिराज खान
नेपालगञ्ज, माघ २ गते । लुम्बिनी प्रदेशमै पहिलो बन्दै आइतवारबाट बाँकेमा कोरोनाबिरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले भेरी अस्पतालको खोप केन्द्रमा खोप लगाएर बुस्टर डोज खोप लगाउने कार्यको शुभारम्भ गर्नुभयो ।
पछिल्लो समयमा कोरोना फेरि बढ्दै गएकोले अहिले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको उहाँले बताउनुभयो । पछि विस्तारै सबै नागरिकलाई आवश्यकताअनुसार बुस्टर डोज दिने सरकारको योजना रहेको पनि उहाँले बताउनुभयो ।
२०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि भित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आइतवार माघीको विदा भएपनि ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय ब...









