खजुराका प्रशासकीय प्रमुख लगायत कर्मचारीमाथि भएको कुटपिट छानविन गर्न दलहरुको माग
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २३ । खजुरा गांउपालिकामा कर्मचारी माथि कार्यालय भित्र गरिएको कुटपिट र दुव्र्यवहार बारे छानविन गर्न राजनीतिक दलहरुले माग गरेका छन् ।
विहीबार राजनितिक दलहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै खजुरा गापामा भएको पिकनिक काण्ड पछि उत्पन्न घटनाक्रमका बारेमा छानबिन गरि दोषीलाई कानुनको दायरामा ल्याउन खजुरास्थीत राजनैतिक दलहरुले विज्ञप्ती मार्फत माग गरेका हुन ।
खजुरा गाउँपालिकास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले निकालेको सयुक्त प्रेश बिज्ञप्तीमा पिकनिकका क्रममा भएको भएको भनिएको यौन दुव्यवहारको बिषयमा कुनै पनि निकायमा उजुरी नहुनु र कार्यलाय भित्र कर्मचारी लाई कुटपिट र दुव्यवहार हुनु दुखद भएको उल्लेख गरिएको छ ।
यौन दुव्र्यवहारका बिषयमा पिडीत भनिएकी महिलाले सम्बन्धित निकायमा उजुरी दिने र सोही अनुसार अनुषन्धान पछि कारवाहीको प्...








