भारतबाट तस्करी गरेर ल्याएको दुई लाख बढीको सामान प्रहरीले फेरी समात्यो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २१ । भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याईएको दुई लाख बढीको विभिन्न सामान प्रहरीले फेरी बरामद गरेको छ । भारतबाट हुँदै आएको चोरी तस्करी निरन्तर जारी रहेको कुरा यो सामान बरामदबाट फेरी पनि पुष्टि भएको छ ।
राजस्व छलेर लाखौं लाखका विभिन्न सामानहरु नेपाल भित्रयाउनेहरु नाकामा सक्रिय रहेका छन् । यो कार्य नरोकिंदा बर्सेनी करोडौंको राजस्व छलि हुने गरेको पाईएको छ । तर, यसको रोकथामका लागि न त सरकारले नै कुनै विशेष योजना र कार्यक्रम बनाएको छ न त स्थानीयस्तरमा प्रहरी प्रशासनले नै कुनै योजना र कार्यक्रम बनाएको पाईएको छ ।
प्रहरीले त सामान मात्रै नियन्त्रणमा लिने तथा तस्करलाई भाग्न सहयोग गर्ने गरेको गुनासो पटक पटक स्थानीयले उठाउँदै आएका छन् । तर, प्रहरीले त्यस्तो हुने नगरेको सफाई दिंदै आएको छ ।
पछिल्लो पटक प्रहरीले नेपालगंज उपमहानगर १० बाट भन्सार छली चोरी पैठारी...









