सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ४ मंसिर । सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका किरणसिंह बोगटीले हात पार्नु भएको छ । १३ औं सागका गोल्ड मेडलिष्ट रहेका बोगटीले उपाधीसहित एक लाख रुपियाँ नगद पुरस्कार समेत प्राप्त गर्नुभयो ।
यस्तै हाफ म्याराथनको उपाधी गोल्ड धाधिंगकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँ पनि सागको स्वर्ण पदक विजेता हुनुहुन्छ ।
नेपालगन्ज म्याराथन विजेता बोगटीले निर्धारित दुरी ४२।१९५ किलोमिटर २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधी हात पार्न सफल हुनु भयो । बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जित्नुभयो । दोस्रो भएका सेनाका रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्न सफल हुनुभयो ।
एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेण्डमा पुरा गर्दै तेस्रो बन्नुभयो ।
यस्तै धादिङकी सन्तोषी श्रेष्ठले साविक विजेता एपिएफकी पुष्पा भण...









