अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?
कसैले प्रशिक्षक, कसैले मैदान र कसैले खेलाडीलाई दोष दिएर पन्छिए
सिराज खान
नेपालगञ्ज, १ मंसिर । कुनै बेला बाँकेको क्रिकेट टीम नेपाल भरिनै सबैभन्दा अव्वल मानिन्थ्यो, जहाँ गएपनि अधिकांश खेल जितेरै फर्किन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन ।
विभिन्न कारणले गर्दा बाँकेको क्रिकेटको स्तर तल खस्किंदै गएको छ । यहाँसम्म कि हालसम्म कहिले पनि नहारेको टीमसंग पनि बाँकेले हारको सामना गर्नु पर्ने अवस्था आएको छ ।
अन्डर १९ छनोट प्रतियोगितामा बाँकेको टोलीले पहिलो पटक बर्दियासंग बुधवार हारको सामना गर्नु पर्यो । दांगको लमहीमा भैरहेको सो छनोट खेलमा बर्दियाको टोलीसंग बाँकेले हार खेप्नु परेपछि बाँकेका अधिकांश क्रिकेटप्रमी, वरिष्ठ खेलाडी देखि सर्वसाधारण समेत स्तब्ध भएका छन् ।
सोच्दै नसोचेको हार खेप्नुमा मुख्य जिम्मेवार को हो ? कसले यसको जवाफ दिने ? पहिलो पटक हारको कारण के हो ? खेलसंग खेलवाड कहिलेसम्म चल्छ ? ज...









