पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यबृद्धि विरुद्ध कात्तिक ३० गते नेपाल बन्द
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपीजी ग्याँसमा गरिएको चरम मूल्यवृद्धि विरुद्ध आन्दोलन शुरु गरेको छ । सोही क्रममा उक्त पार्टीको बाँके जिल्ला संगठनले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ ।
पार्टीको बाँके जिल्ला सङ्गठन समितिले सरकारले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि विरुद्ध जुलुससहित विरोध प्रदर्शन गरेको हो ।
“पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धी फिर्ता गर, जनता लुट्न पाइँदैन, वैज्ञानिक समाजवादी व्यवस्था लागू गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं”, लगायतका नारा सहितको विरोध जुलुसले नेपालगञ्जको विपिचोकमा गएर सभामा परिणत भएको थियो ।
उक्त सभालाई युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य विष्णु जिसी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज डिबी शाही, युवा सङ्गठन नेपालका क...









