खजुरामा विभिन्न पार्टी परित्याग गरेर ३४३ जना जसपामा प्रवेश
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । बाँकेको खजुरा वडा नम्बर ७ मा बिभिन्न पार्टी परित्याग गरेर ३४३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेको जनता समाजवादी पार्टीले जनाएको छ ।
जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले दिनु भएको जानकारी अनुसार शनिवार खजुरा वडा नम्बर ७ मा आयोजना गरिएको एक कार्यक्रममा सो क्षेत्रका ३४३ जना महत्वपुर्ण व्यक्तित्व र युवाले अन्य पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य, पुर्व मन्त्री एवं बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले पार्टीको सदस्यता प्रदान गर्नु भयो ।
सो अवसरमा बोल्दै उहाँले समग्र बाँकेको विकास र उत्थानका लागि सबैले जनता समाजवादी पार्टीलाई नै रोज्न थालेको बताउनुभयो । उहाँले मधेशी, मुस्लिम, जनजाती र पिछडिएका सबै वर्गको उत्थ...









