बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा थारुलाई शिक्षाको महिना व्यक्तित्व सम्मान
नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज ११ कात्तिक । हरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु ९कबिर० लाई सम्मान गरेको छ ।
प्रमुख थारुले स्थानीय शिक्षाको उन्ननयका लागि गरेको नविन अभ्यासलाई कदर गर्दै इडियुसञ्जालले सम्मान गरेको हो । प्रमुख थारुलाई विहिबार एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरिएको इडियुसञ्जालले जानकारी दियो ।
प्रमुख थारुले स्थानीय बजेटमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि ३० प्रतिशत विनियोजन, जनतासंग नगरप्रमुख कार्यक्रम अन्तर्गत प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई पालिकाको तर्फबाट पूर्ण छात्रवृत्ति, साधारण उच्च शिक्षातर्फ मुक्तकमैया ७, मुक्त कमलरी १०, आर्थिक रुपले विपन्न जेहेन्दार १४, विप...







