टी डि खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, पुस ६ । बाँकेका सरसफाइकर्मी र किसानहरुमा टिटानसको जोखिम न्युनिकरण गर्न लगाउँदै आएको टी डी खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न भएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उक्त योजना तथा समिक्षा बैठक सम्पन्न गरिएको हो ।
बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २, ११ र २०, डुडुवा गाउँपालिकाको वडा नम्बर ६ र ३ तथा खजुरा गाउँपालिकाको वडा नम्बर २ मा रहेका स्वास्थ्य संस्थाबाट हालसम्म पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ चरणमा टी.डी. खोप लगाएका सरसफाईकर्मी र कृषकहरुको तथ्यांक प्रस्तुत गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार परियोजनाले चौथो डोजको टी.डी. खोप र त्यसकालागि आवश्यक सामाग्री खरिद गरि स्वास्थ्य कार्यालयमा भण्...









