कमरुद्दीन राई, बाँके २ का सर्वाधिक चर्चित र लोकप्रिय उम्मेदवार
समाचारदाता
नेपालगन्ज, माघ १० । बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनु भएका नेपालगन्ज उपमहानगरका निवर्तमान उपमेयर कमरुद्दिन राई अहिले निकै चर्चामा हुनुहन्छ । सरल स्वभाव अनि मिलनसार वानीका धनि राईले पुर्वमन्त्री मोहम्मद ईशितयाक राईकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनु भएकोले उहाँ चर्चाको शिखरमा हुनुहन्छ । नेपालगन्जको उपमेयर जस्तो गरिमामय पदमा बस्दासमेत उहाँले कहिलैै घमण्ड गर्नुभएन। ‘सेवाग्राहीको पिरमर्कामा कमरुद्दिन राई जी सदैव तत्पर भएकोले उहाँमाथि खोट लगाउने ठाउँ छैन,’ नेपालगन्ज उपमहानगरमा भेटिएका एक सेवाग्राहीले भने ।
गरिव, निमुखाको अधिकार र सेवामा खटिने उहाँ समाजसेवा गर्न रुचाउँने नेता हुनुहन्छ । सामाजिक क्षेत्रमा लगाव भएका उनी १९ बर्षको उमेरदेखि नै राजनीतिमा होमिनुभयो, तर उहाँले पद र शक्तिलाई कहिल्यै चासो दिनुभएन ।
जनताको सेवामा निरन्तर खटिने कमरुद्दिन राई बाँके क्षेत्र नं २ को म...









