प्रहरीको पहल र सक्रियतामा त्रिभुवन चोकको सरसफाई र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार
समाचारदाता
नेपालगन्ज, माघ २५ । केही दिन पहिलेसम्म ठाउँ ठाउँमा फोहोरको थुप्रो देखिने र जहाँ पायो त्यही फोहोर फालेको पाइने नेपालगन्जको मुटु मानिने त्रिभुवन चोक अहिले निकै सफा र व्यवस्थित देखिन्छ । नगर भवन अस्थायी प्रहरी पोष्टमा असई कुल बहादुर बिक आएपछि उहाँको पहल र अग्रसरतामा त्रिभुवन चोक सफा मात्र नभई चोकको ट्राफिक व्यवस्थापन समेत चुस्त दुरुस्त भएको स्थानीयले जनाएका छन् ।
असई बिकको पहल र अग्रसरतामा त्रिभुवन चोक र सो वरिपरिको क्षेत्रमा सरसफाईको निकै राम्रो व्यवस्था भएको जनाउँदै चोकमै पसल भएका राकेश कुमार गुप्ताले उहाँले आफै फोहोर हटाई अरुलाई पनि फोहोर जथाभावि नफाल्न र सफाई राख्न आग्रह गर्नु भएकोले नै अहिले चोक निकै सफा देखिएको बताउनुभयो । गुप्ताले असई बिक त्रिभुवन चोकमा आएयता सरसफाईको राम्रो व्यवस्था हुनुका साथै चोकको ट्राफिक व्यवस्थापन समेत राम्रो भएको र जहाँ पाए त्यहाँ पार्किंग गर्ने कार्य...









