बर्दिया मधुवनमा मानसिक स्वास्थ्य र मनो–सामाजिक मनोपरामर्श तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, फागुन १४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा किशोरीहरुकालागि मानसिक स्वास्थ्य र मनो–सामाजिक मनोपरामर्श तालिम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले किशोरीहरूलाई व्यक्तिगत, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरू सामना गर्न आवश्यक सीप, ज्ञान र भावनात्मक सहनशीलता प्रदान गर्दै उनीहरूमा आत्म–विश्वास र आत्म–सम्मान निर्माण गर्ने उदेश्यले सो तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा किशोरीहरुको आत्म–मूल्यलाई प्रोत्साहन दिने, सचेत निर्णय लिन सशक्त बनाउने, सामना गर्ने रणनीतिहरू, सञ्चार र अन्तरव्यक्तिगत सीपहरू विकास गर्ने, मानसिक स्वास्थ्यको चेतना फैलाउने, समस्या समाधान र निर्णय लिने क्षमता विकास गर्ने गरि किशारी...









