युवतिहरुलाई वातावरण संरक्षणसंगै आर्थिक सक्षमताको तालिम प्रदान
समाचारदाता
नेपालगन्ज, चैत १६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो ।
सो तालिममा राजापुर नगरपालिकाका १५ र ठाकुरबाबा नगरपालिकाबाट १५ जना गरी कुल ३० जनाको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले वातावरण र हरित अर्थतन्त्रको महत्व, बढ्दो ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारणले क्षतविक्षत हुने वातावरणको नकारात्मक असरका बारेमा केन्द्रित रहेर युवतीहरूलाई ज्ञान प्रदान गर्नु तालिमको मुख्य उदेशय रहेको बताउनुभयो ।
तालिमको प्रमुख प्रशिक्षक रहनु भएका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बद्री विनोद दाहालले विद्यमान वातावरणीय कानून र यसको प्रभावकारी कार्यान्वयनसँगै...









