नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए
समाचारदाता
नेपालगन्ज, कात्तिक २२ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटनै पुगेर राहत सामाग्री बुझाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमक मुस्लिम समुदायले प्रदान गरेको सो राहात सामाग्री जाजरकोट पुगेर भूकम्प पीडितहरुका लागि राहत बुझाईएको नेपाल मुस्लिम समाजका सचिव मेराज अहमद हिमालयले बताउनुभयो ।
सचिव हिमालयका अनुसार मुस्लिम समुदायले संकलन गरेको सो राहत सामाग्री मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईको नेतृत्वमा लिएर जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । मुस्लिम समाजले दिएको राहात सामाग्रीमा चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक भाँडाकुँडा, सहित कम्बल, म्याट, त्रिपाल र न्यानो कपडा रहेको नेपाल मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईले बताउनुभयो ।
एक नेपालीलाई दुखपर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ...









