लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, २८ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने “लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली तथा कक्षा व्यवस्थापन” सम्बन्धी शिक्षक तालिम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो ।
परियोजनाअन्तर्गत सञ्चालित विद्यालयहरूका २१ जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमको उद्देश्य विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैंगिक उत्तरदायी सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूको ज्ञान, दृष्टिकोण र व्यवहारिक सीप अभिवृद्धि गर्नु रहेको थियो ।
तालिम उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक तथा उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछानेले हरेक बालबालिकाले समान सिकाइ अवसर प्राप्त गर्न लैंगिक मैत्री तथा समावेशी विद्यालय वातावरण अत्यन्त आवश्यक रहेको ब...









