बर्दियामा प्लान नेपालद्वारा सहयोग प्राप्त संस्थाहरूबीच जिल्ला स्तरीय समन्वय बैठक
समाचारदाता
बर्दिया, चैत १५ । प्लान इन्टरनेशनल नेपालद्वारा सहयोग प्राप्त साझेदार संस्थाहरूबीच जिल्ला स्तरीय अन्तर–संस्था समन्वय बैठक बर्दिया जिल्लामा सम्पन्न भएको छ ।
बैठकको उद्देश्य साझेदार संस्थाहरूबीच सहकार्य सुदृढ बनाउने, समन्वय प्रभावकारी बनाउने तथा समुदाय स्तरमा सञ्चालन भइरहेका परियोजनाहरूको समग्र प्रभाव बढाउने रहेको जनाईएको छ ।
प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा उहाँले साझेदार संस्थाहरूबीच नियमित संवाद र प्रभावकारी सहकार्यको आवश्यकता औंल्याउँदै कार्यक्रमको प्रभावकारिता बढाउन समन्वय महत्वपूर्ण रहेको बताउनुभयो ।
यसैगरि बाँके यूनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दीकी, राधा कृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज पोखरेल, प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ झलकमान बी.के., फाइनान्स म्यानेजर रमेश खत्री, शिक्षा प्र...









