नेताको आडमा विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई तह लगाउँछौ – मन्त्री राई
समाचारदाता
नेपालगञ्ज, साउन २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकासको काममा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिनुभएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकासको काममा बेथिति ल्याउनेहरूलाई तह लगाउने चेतावनी दिनुभएको हो । उहाँले मन्त्रालयले त्यस्ता ठेकेदारको खोजी गरिरहेकाले बिस्तारै ठिक गर्ने बताउनुभयो ।
मन्त्री राईले कुनै पनि नेताको नजिकको ठेकेदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । कुनै पनि नेताको आडमा बसेर विकासमा बेथिति निम्त्याउनेलाई सरकारले छोड्दैन । ठेकेदारहरूले विभिन्न नेताको खोल ओडेर बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्ता...









