२० बैशाख २०८१, बिहीबार

मुख्य समाचार

बाँकेबाट एमाले महाधिवेसनका लागि २० जना प्रतिनिधि सर्वसम्मत छानिए

बाँकेबाट एमाले महाधिवेसनका लागि २० जना प्रतिनिधि सर्वसम्मत छानिए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनका लागि बाँकेबाट निर्विरोध महाधिवेशन प्रतिनिधि छानिएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं महाधिवेशनका लागि नेकपा एमाले बाँकेले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाईले बताउनुभयो । उहाँका अनुसार ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेबाट १९ जना प्रतिनिधि सर्वसम्मत छनौट गरिएको छ । एक जना पदेन प्रतिनिधि गरी बाँकेबाट कूल २० जना प्रतिनिधि छनौट भएको एमाले बाँकेले जनाएको छ । । बाँकेबाट छनौट भएका महाधिवेशन प्रतिनिधिमा निरक गुरुङ, देवराज भार, किष्मत कक्षपति, रत्न खत्री, सूर्य ढकाल, विजया धिताल, अशोक कर्माचार्य, भूमीसरा धिताल, रामबहादुर चन्द, दुर्गा थारु, प्रेम भुषाल, पुजन विक, बसन्ती अधिकारी, भारती खनाल, नन्दलाल विश्वकर्मा, घननाथ खनाल, प्रेमपूर्ण योगी, पूर्ण केसी,...
नेपालगञ्ज वडा नम्बर १२ मा चिडिमारको सभापतित्वमा काँग्रेसको वडा समिति निर्विरोध निर्वाचित

नेपालगञ्ज वडा नम्बर १२ मा चिडिमारको सभापतित्वमा काँग्रेसको वडा समिति निर्विरोध निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को वडा समिति पुरै निर्विरोध भएको छ । सो समतिको सभापतिमा रामु चिडिमार लगायत सम्पुर्ण पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको उम्मेदवारी मनोनयनमा सभापति लगायत वडा समितिका सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । चिडिमारको नेतृत्वमा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चिडिमार यसअघि पनि वडा सभापति थिए । त्यस्तै वडा समितिको उपसभापतिमा दिपेश श्रेष्ठ र बाबुराम साहु, सचिवमा विकास बज्राचार्य र शुकराम चिडिमार तथा सह सचिबमा भरत बहादुर पौडेल र हरिश चिडिमार निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा रबी गिरीसहित अन्य २५ सदस्य निर्बिरोध निर्बाचित भएका छन् । क्षेत्रीय प्रतिनिध...
खजुरामा विभिन्न पार्टी परित्याग गरेर ३४३ जना जसपामा प्रवेश

खजुरामा विभिन्न पार्टी परित्याग गरेर ३४३ जना जसपामा प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । बाँकेको खजुरा वडा नम्बर ७ मा बिभिन्न पार्टी परित्याग गरेर ३४३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेको जनता समाजवादी पार्टीले जनाएको छ । जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले दिनु भएको जानकारी अनुसार शनिवार खजुरा वडा नम्बर ७ मा आयोजना गरिएको एक कार्यक्रममा सो क्षेत्रका ३४३ जना महत्वपुर्ण व्यक्तित्व र युवाले अन्य पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य, पुर्व मन्त्री एवं बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले पार्टीको सदस्यता प्रदान गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले समग्र बाँकेको विकास र उत्थानका लागि सबैले जनता समाजवादी पार्टीलाई नै रोज्न थालेको बताउनुभयो । उहाँले मधेशी, मुस्लिम, जनजाती र पिछडिएका सबै वर्गको उत्थ...
बाँकेका ८१ वटै वडामा नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु

बाँकेका ८१ वटै वडामा नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ वटै वडामा शनिबारबाट औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु भएका छन । जिल्लाका सबै ८१ वडाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यक्रम सुरु गरेका हुन । बाँकेका सबै वडामा एकैसाथ निर्वाचन कार्यक्रम सुरु भएको जिल्लाका प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले बताउनुभयो । उहाँले निर्वाचन स्थलमा खटिनु भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु गरिसक्नु भएको जनाउनुभयो । भट्टराईका अनुसार बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा १ जना मतदान अधिकृत र २ जना सम्म सहायक मतदान अधिकृत परिचालित भएका छन । शनिवार बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन गरिएको थियो । सोही प्रकारले बिहान ११ः१५ बजे संशोधनपछि म...
बाँकेमा माओवादीको टोल भेलाहरु सम्पन्न हुँदै, शनिवार जिल्लामा दुई सय टोलमा टोल भेला गरिदै

बाँकेमा माओवादीको टोल भेलाहरु सम्पन्न हुँदै, शनिवार जिल्लामा दुई सय टोलमा टोल भेला गरिदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लाई पुनर्गठन अभियान अन्र्तगत शनिवार देखि देशव्यापी टोल भेलाहरु सुरु भएका छन । सोहि क्रममा बाँके जिल्लाका ८ वटै पालिकामा पनि आज टोल भेलाहर धमाधम सम्पन्न भैरहेका छन् । शनिवार जिल्लामा करिब २०० वटा टोलमा टोल भेला सम्पन्न हुने नेकपा माओवादी केन्द्र बाँकेका अधयक्ष आइपी खरेलले बताउनुभयो । उहाँले हरेक पालिकामा कम्तीमा ३० देखि ८० सम्म टोल भेलाहर सम्पन्न हुने बताउनु भयो । जिल्लाका सबै पालिकाबाट टोल भेलाहरु सम्पन्न भैरहेको सुचना आफुलाई प्राप्त भैरहेको पनि उहाँले बताउनुभयो । यसैविच कोहलपुर नगरपालिकाका १५ वटै वडामा पनि टोल भेलाहरु सम्पन्न भैरहेका छन् । शनिवार कोहलपुरमा ६० ओटा टोलमा भेला गरि सक्ने कार्यक्रम रहेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । पार्टी सुटृढीकरण अभियान अन्र्तगत आर्क...
समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा शर्मा र सचिवमा ओली

समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा शर्मा र सचिवमा ओली

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । नेकपा एकीकृत समाजबादी निकट समाजबादी प्रेस संगठन बाँकेको अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् । शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको अध्यक्षता बसेको भेलाले लोकनाथ शर्माको नेतृत्वमा ९ सदस्यीय समाजबादी प्रेस संगठन बाँकेको गठन गरेको हो । संगठनको उपाध्यक्षमा सुरज मेघनाथ , सचिवमा रामु ओली, सहसचिवमा ज्ञानु संगम खड्का र हरि देवकोटा र कोषाध्यक्षमा रमेश क्षेत्री चयन भएका छन् । त्यस्तै नवगठित सदस्यहरूमा तुलबिर बिश्वकर्मा, सागर देवकोटा र प्रकाश धामी चयन भएका छन् । भेलामा नेकपा एकीकृत समाजबादि खेलकुद महासङको केन्द्रिय उपाध्यक्ष सम्सुद्दिन सिद्दिकी, नेकपा एकीकृत समाजबादी प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थापा तथा एकीकृत समाजबादी जानकी गाउँपालिका अध्यक्ष रामवरण बर्मा लगायतको सहभागीता रहेको थियो ।  ...
सरकारले धान खरिदमा ढिलाई गर्दा बाँकेका किसान निकै सस्तोमा बेच्न बाध्य

सरकारले धान खरिदमा ढिलाई गर्दा बाँकेका किसान निकै सस्तोमा बेच्न बाध्य

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, २७ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गरेपछि बाँकेका किसानले बाध्य भएर निकै सस्तोमा धान विक्री गरिरहेका छन् । सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयले हालसम्म धान खरिद शुरु नगर्दा बाध्य भएर व्यापारीलाई सस्तोमा धान विक्री गर्नुपरेको किसानको गुनासो छ । कम्पनीले खरिद शुरु नगर्दा व्यापारीलाई सरकारले तोकेको भन्दा प्रति क्विन्टल ६ सयदेखि ८ सयसम्म कम मूल्यमा धान विक्री गर्नुपरेको बाँके नौबस्ताका किसान राजेन्द्र चौधरीले दुःखेसो गर्नुभयो । उहाँले मोटा धान प्रतिक्विन्टल दुई हजार ७५१ रुपियाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँमा खरिद गर्न मूल्य निर्धारण गरिए पनि व्यवसायीले मोटा धान प्रतिक्विन्टल एक हजार ५०० देखि दुई हजारसम्म र मध्यम धान प्रतिक्विन्टल दु...
देश विकासमा युवाको भूमिका महत्वपुर्ण छ–पुर्वमन्त्री राई

देश विकासमा युवाको भूमिका महत्वपुर्ण छ–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । जुनियर जेसिज लिडर्स एकेडेमीको दशौ राष्टिय सम्मेलन नेपालगञ्जमा सञ्चालन भैरहेको छ । देशभरिबाट आएका जुनियर जेसिजका लिडरहरुको सहभागिता रहेको सो सम्मेलनले वर्तमान अवस्थामा युवाको भूमिका बारे महत्वपुर्ण निर्णयहरु गर्ने आयोजकले जनाएका छन् । सो सम्मेलनको शुक्रवार एक भव्य समारोहका विच युवा पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले उदघाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले आजको २१ औ शताब्दीमा देश बिकासमा युवाको भुमिका नै सबैभन्दा महत्वपुर्ण रहेकोले युवाले पनि सो कुरालाई राम्ररी बुझ्न आवश्यक रहेको बताउनुभयो । सरकारले पनि युवाको लागि हरेक क्षेत्रमा लगानी गरेर उनिहरुलाई सक्षम र सबल बनाउन विभिन्न प्रकारका कार्यक्रम ल्याउनु पर्ने माग पुर्वमन्त्री राईले सो अवसरमा गर्नुभयो । देशभरका युवालाई नेपालगञ्जमा जम्मा गरे...
रियल जुसको बट्टामा भरेर भारतबाट नेपालतर्फ कोरेक्स तस्करी

रियल जुसको बट्टामा भरेर भारतबाट नेपालतर्फ कोरेक्स तस्करी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २६ कात्तिक । लागु औषधका दुव्र्यसनीले ठुलो मात्रामा प्रयोग गर्न थालेपछि नेपालमा प्रतिबन्ध लगाईएको कोरेक्स भारतबाट भित्रयाउन लागु औषधका कारोबारीले नयाँ नयाँ तरिका अपनाइरहेको पाईएको छ । भारतबाट कोरेक्स ल्याउन प्रहरीले रोक लगाएपछि लागु औषधका कारोबारीहरुले रियल जुसको बट्टामा खन्याएर कोरेक्स ल्याउने गरेको फेला परेको छ । रियल जुसको बट्टामा २ लिटर कोरेक्स लिएर नेपाल आउँदै गरेका एकजनालाई नेपाल भारत नाकास्थित जमुनाहा प्रहरीले पक्राउ परेपछि लागु औषध कारोबारको नयाँ शैली पत्ता लागेको हो । सुर्खेतका बबिन शाहीललाई भारतको रुपैडियाबाट नेपालगञ्ज ल्याउँदै गरेको रियल जुसमा भरिएको २ लिटर कोरेक्स र १५ टेबलेट नाइट्रोभेट सहित नाकाको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जुसको बट्टामा कोरेक्स लिएर भारतको रुपैडियाबाट नेपालगञ्ज आउँदै गर्दा उनलाई नेपालगञ्...