प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा भारतको हरियाणा र नेपाल पुलिस क्लब भिड्ने
सिराज खान
नेपालगञ्ज, चैत १३ । यहाँस्थित रंगशालाको कभर्डहलमा सञ्चालन भैरहेको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता अन्तर्गत आइतवार खेलिएका सेमीफाइनल खेलमा विजयी भएर भारतको हरियाणा क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् ।
भारतको हरियाणा र न्यु डायमण्ड क्लब विच खेलिएको पहिलो सेमीफाइनलमा हरियाणा क्लबले न्यु डायमण्ड क्लबलाई ३–१ ले पराजित गरेर फाइनलमा प्रबेश गरेको हो ।
शुरुको दुई सेट हरियाणाले २५–१७ र २५–१५ ले जितेपनि तेस्रो सेटमा वापसी गर्दै न्यु डायमण्डले २५–२३ ले जितेको थियो । तर चौथो सेट २५–१६ ले जित्दै हरियाणा फाइनलमा प्रबेश गरेको हो ।
यसैगरि दोस्रो सेमीफाइनल खेलमा पुलिस क्लबले नेपाली सेनाको त्रीभुवन आर्मी क्लबलाई ३–० ले सोझो सेटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट पुलिस क्लबले सहज रुपमा २५–१८ ले जितेपनि दोस्रो र तेस्रो सेटमा निकै कडा प्रतिष्पर्धा भएको...









