बाँकेमा पनि बालबालिकालाई खोप लगाउन शुरु
सिराज खान
नेपालगञ्ज, माघ १९ गते । बाँकेमा बुधवारदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । २०६१ माघ १५ गतेदेखि २०६६ माघ १५ को बीचमा जन्मिएका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका लाई बुधवारदेखि मोडर्ना खोप लगाउन शुरु गरिएको हो ।
सो खोप अभियानको शुभारम्भ बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले गर्नुभयो । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थिति रहेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न विद्यालयलाई खोप केन्द्र बनाएर खोप लगाउन सुरु गरिएको बाँकेका कोरोना खोप अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुले तोकेका खोप केन्द्रहरुमा खोप लगाउन सुरु गरिएको जनाउँदै उहाँले जिल्लाका सो उमेर समहुका ६९ हजार बालबालिका लाई खोप लगाइने ...









