बाँकेमा आइतवार कोरोना संक्रमित घटे, अस्पताल भर्ना हुने पनि निकै कम
सिराज खान
नेपालगञ्ज, माघ १६ । गत केही समय यता बाँकेमा दैनिकजसो बढ्दैगएको सङ्क्रमितको सङ्ख्यामा आइतवार कमीआएको छ । आइतवार जमुनाहा नाकामा पनि सङ्क्रमितको सङ्ख्या घटेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल र जमुनाहा नाका दुबै ठाउँमा परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या घटेको देखिएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार शनिवारसम्म भेरी अस्पताल, मेडिकल कलेज र निजी ल्याबमा गरेर दैनिक १२५ जनाको हाराहारीमा सङ्क्रमित थपिने गरेका थिए। जमुनाहा नाकामा पनि करिब ४० जना संक्रमित भेटिने गरेको थियो । तर, आइतवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जना मात्र सङ्क्रमित भेटिएको र जमुनाहा नाकामा १९ जना मात्र सङ्क्रमित भेटिएको फोकल पर्सन ओलीले बताउनुभयो ।
स्वास्थ्य मापदण्डको पालनामा जोड दिइएको र खोप लगाउने अभियानलाई तिव्र गतिमा अगाडि बढाइएकाले...









