खेलकुद मन्त्री अथकद्धारा गौतमबुद्ध रंगशालाको निर्माण अगाडी बढाउन निर्देशन
नेपालगञ्जपाटी समाचार
चितवन, १३ माघ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो ।
निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गर्नुभएको हो ।
रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथ...









