नरैनापुरमा अध्यक्षले पदभार ग्रहण गरेलगत्तै शिक्षालाई विशेष प्राथमिकतामा राखेर पहिलो दिन पाँच निर्णय गरे
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ ९ । बाँकेको नरैनापुर गाउँपालिकामा पुनः विजयी हुनु भएका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिले सोमवार पदभार ग्रहण गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले सोमवार पदभार ग्रहण गर्नु भएको हो ।
गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराउनु भएको छ। ती निर्णयहरुमा शिक्षालाई विशेष फोकस गरिएको छ । अन्य क्षेत्रमा केही विकास र प्रगति भएपनि शिक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेकोले शिक्षालाई बढी फोकस गरिएको पुनः निर्वाचित अध्यक्ष शाहले बताउनुभयो । आगामी आर्थिक वर्ष २०७९ । ०८० बाट कार्यान्वयन हुने गरी अध्यक्ष शाहले ५ निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकाको बाँकी रहेका स्थानमा बिधुतिकरण कार्य सम्पन्न गरी प्रत्येक वडाको चौकमा हाइमाष्ट ...








