२२ बैशाख २०८१, शनिबार

राजनीति

राष्टिय सहमतिकालागि सरकारलाई समर्थन गरेका हौं– काँग्रेसका प्रवक्ता डा.महत

राष्टिय सहमतिकालागि सरकारलाई समर्थन गरेका हौं– काँग्रेसका प्रवक्ता डा.महत

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राष्टिय समाचार समिति नेपालगञ्ज, माघ १२ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।” “संसदमा गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं, सरकारलाई समर्थन गरे पनि हामीहरु सरकारमा जाने भनेको होइन”, नेता महतले भन्नुभयो । नेपाली कांग्रेस नेता डा। महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर...
प्रहरीले रकम मागेमा मलाई खबर गर्नुस–प्रदेश प्रहरी प्रमुख डिआईजी राई

प्रहरीले रकम मागेमा मलाई खबर गर्नुस–प्रदेश प्रहरी प्रमुख डिआईजी राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगञ्ज, माघ १२ । नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईले प्रहरीले कुनै पनि काम गर्ने नाममा रकम मागेमा आफुलाई जानकारी गराउन आग्रह गर्दै जानकारी भएपछि कडा कारवाही गरिने बताउनुभएको छ । उहाँले प्रहरीबाट हुने कमीकमजोरीलाई सुधार गर्ने गरि औंल्याइदिएर संगठन सुधार्न सहयोग गरिदिन पत्रकारहरुसँग अनुरोध गर्नु भएको छ । दाङ तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसँगको भेटघाटमा डीआईजी राईले ‘प्रहरीले कहाँ चाहिँ नराम्रो गरेको छ र त्यसलाई कसरी सुधार्न सकिन्छ,’ त्यस बारेमा पनि पत्रकारहरुले कलम चलाईदिन अनुरोध गर्नुभयो । प्रहरीले नराम्रो गरे प्रहरी कंट्रोल नम्बर १०० मा फोन गर्नुस, त्यसमा फोन गर्दा रेस्पोन्स भएन, तितो बोल्यो वा झर्कैर बोलेमा सिधै आफुलाई खबर गर्न राईले आग्रह गर्नु भएको छ । मुस्कानसहितको प्रहरी सेवा भनेको हुँदा प...
खजुराको १२ औं गाउँसभा अधिवेसनद्धारा विभिन्न विधयेक पारित

खजुराको १२ औं गाउँसभा अधिवेसनद्धारा विभिन्न विधयेक पारित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस २५ । बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँसभाको १२ औं अधिवेशन गरेको छ । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले चालु आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट समिक्षा बक्तव्य प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकाको अहिलेसम्मको राजश्व असुल ७७ लाख ७६ हजार ७ सय ५५ रहेकोमा पालिका तर्फको राजश्व असुलि २१ लख १९ हजार ७ सय ६४ रहेको उपाध्यक्ष मल्लले प्रस्तुत गर्नुभयो । वडागत रुपमा ५६ लाख ५६ हजार ९ सय ९१ राजश्व असुल देखिएको छ । खजुराले गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, खजुरा गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सक्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, खजुरा गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि विधेयक २०७९, स्वास्थ्य तथा सरसफाई ऐन २०७८ को परिच्छेद मा सहायक हटाई अध...
शान्तिसुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता–प्रहरी प्रमुख राठौर

शान्तिसुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता–प्रहरी प्रमुख राठौर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध
सिराज खान नेपालगञ्ज, पुस १५ । बाँकेको प्रहरी प्रमुखमा सरुवा भएर आउनु भएका एसपी सन्तोषसिंह राठौंरले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि पत्रकारहरुसंग कुरा गर्दै प्रहरी प्रमुख राठौरले नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरि शान्ति सुरक्षा कायम गर्ने लक्ष्य रहेको बताउनुभयो । भारतसंग सीमाना जोडिएको जिल्ला भएकोले यो जिल्लामा प्रहरीलाई धेरै चुनौती रहेको जनाउँदै उहाँले प्राप्त प्रहरी जनशक्तिको सदुपयोग गरेर नागरिक समाजको सहयोग लिएर प्रहरीलाई परिचालन गरिने बताउनुभयो । पाँच लाख जनसंख्या रहेको जिल्लामा १२ सय प्रहरीको सहारामा शान्ति सुरक्षा लगायत सबै काम गर्नु पर्ने हुँदा ठुलो चुनौती रहेपनि आफुले राम्रो काम गर्ने हरसंभव प्रयास गर्ने उहाँले बताउनुभयो । पत्रकारहरुलाई वाच डगको भूमिका निर्वाह गर्न आग्रह गर्द...
पुरानो सत्ता गठबन्धन तोड्न यसरी गरियोे सर्जिकल स्ट्राइक, अनि बने प्रचण्ड प्रधानमन्त्री

पुरानो सत्ता गठबन्धन तोड्न यसरी गरियोे सर्जिकल स्ट्राइक, अनि बने प्रचण्ड प्रधानमन्त्री

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
उद्धव थापा काठमाण्डौ, पुस १३ । आइतवार मध्याह्नसम्म सत्ताको पासा यसरी पल्टेला भन्ने आकलन कमैले गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा तारन्तार छलफल जारी थियो । गठबन्धनको औचित्य बाँकी रहेको दाबी नेताहरूले गरिरहकै थिए । तर, मध्यान्नबाट दिन बिस्तारै ढल्किँदै गर्दा सत्ताको पासा यसरी पल्टियो कि धेरैले चित् खाए, के भयो हँ ? कांग्रेसको सिंगो पंक्ति स्तब्ध भयो । एमाले र माओवादी वृत्तमा उत्साह भरिँदै गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो ४ नबज्दै एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय भयो । शनिवार दिउँसोसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सार्वजनिक मञ्चबाट गाली गरिरहेका थिए । त्यसको २४ घण्टा पनि नबित्दै कसरी सहकार्य सम्भव भयो ? आश्चर्यसहित धेरैले गर्ने यही प्रश्न उत्तर यहाँ समेटिएको छ । एमालेको गुपचुप...
स्थायी राजधानीको निर्णय कार्यान्वयन गर्नु लुम्बिनी प्रदेश सरकारको मुख्य उपलब्धी

स्थायी राजधानीको निर्णय कार्यान्वयन गर्नु लुम्बिनी प्रदेश सरकारको मुख्य उपलब्धी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार भालुवांग, पुस १२ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी बनाउने निर्णयको कार्यान्वयनको विषयलाई मुख्य उपलब्धीको रुपमा लिएको छ । प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन मंगलवारआयोजना गरिएको कार्यक्रममा यस विषयलाई मुख्य उपलव्धीका रुपमा लिईएको जानकारी दिईयो । गौरवका आयोजनाका रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तिव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञ देशकै नमूना अस्पताल निर्माण बजेट नीति अनुसार काम अघि बढाइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका एकसय नौ वटै स्थानीय तहमा कार्यान्वयन गर्दा यस्ले सकरात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ । लुम्बिनी प्रदेश सरकारको तर्फबाट कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्म...
आर्थिक वर्ष शुरु भएको पाँच महिनापछि डुडुवाको बजेट र कार्यक्रम सार्वजनिक

आर्थिक वर्ष शुरु भएको पाँच महिनापछि डुडुवाको बजेट र कार्यक्रम सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगन्जपाटी समाचार नेपालगन्ज, पुस ४ । डुडुवा गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको सोमवार बसेको १२औं गाउँसभाले एउटा विधियेक, नीति तथा कार्यक्रम र ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा बातावरण, विकास निर्माण लगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षण र संवर्द्धनको लागि मातृभाषाका गुरु शिक्षक र सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड, एसइई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स...
अधिकारीको अध्यक्षतामा प्रेस सेन्टर खजुरा शाखा कमिटि पुनर्गठन

अधिकारीको अध्यक्षतामा प्रेस सेन्टर खजुरा शाखा कमिटि पुनर्गठन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, मंसिर २३ । प्रेस सेन्टर नेपालको खजुरा शाखा पुनर्गठन गरीएको छ । शुक्रबार प्रेस सेन्टर निकट पत्रकारहरुको भेलाले खजुरा गाँउपालिका स्तरीय कमिटि पुनर्गठन गरेको हो । हरिशरण अधिकारीको अध्यक्षतामा चयन गरीएको नयाँ कमिटीको उपाध्यक्षमा सीता ओली, सचिवमा पुरन परियार, सहसचिवमा अकतार खाँ र कोषाध्यक्षमा अमृता खवास चयन भएका छन । त्यसैगरी सदस्यहरुमा लोपजंग मल्ल र रेखा थापा चयन भएका छन । प्रेस सेन्टर बाँकेले जिल्लाका ८ वटै पालिकामा कमिटि बिस्तार गर्ने क्रममा यसअघि खजुरा गाँउपालिकास्तरीय तदर्थ समिति गठन गरेको थियो । उक्त समितिलाई पुर्णता दिने क्रममा शुक्रबार नयाँ कमिटि चयन गरीएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले जानकारी दिएका छन । बाँकेमा पालिकास्तरीय कमिटि बिस्तार गर्ने प्रेस सेन्टर पहिलो संगठन हो । प्रेस सेन्टरले नेपालगञ्ज, खजुरा, कोहलपुर, राप्तीसोनारी र ड...
जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रदेश सांसद केसीको प्रतिवद्धता

जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रदेश सांसद केसीको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, मङ्सिर १८ गते । लुम्बिनी प्रदेशका ५२ वटा निर्वाचन क्षेत्र मध्ये १ निर्वाचन क्षेत्रमा मात्र महिला उम्मेदवार विजयी हुनुभएको छ । उहाँ हुनुहुन्छ, बाँके क्षेत्र नम्बर १ को प्रदेशसभा क का उम्मेदवार माओवादीकी कृष्णा केसी नमुना । उहाँ प्रदेशभरिमै प्रत्यक्ष निर्वाचित हुने महिला हुनुका साथै बाँकेबाट दोहोरिने एक मात्र उम्मेदवार पनि बन्न सफल हुनुभयो । २०७४ सालमा पनि केसीले सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभामा प्रवेश गर्नुभएको थियो । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरेर प्रदेशमै एक मात्र महिला विजेता बन्ने किर्तिमान बनाउनु भएको हो । केसीले नौ हजार १०३ मत पाउँदा चौधरीले सात हजार ९६६ मत पाउनुभयो । पाँच वर्षसम्म निरन्तर जनताको सेवामा खटिएको र निर्वाचन क्षेत्रको सडक तथा विद्युत समस्या समाधानमा विशेष पहल गरेकै कारण फे...
कुनैपनि माईका लालले आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त गर्न सक्दैन–पुर्वमन्त्री राई

कुनैपनि माईका लालले आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त गर्न सक्दैन–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १६ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले कुनै पनि माईका लालले ओन्दोलनबाट प्राप्त उपलब्क्धीहरुलाई समाप्त गर्न नसक्ने बताउनुभएको छ । उहाँले नागरिकता लगायतका विषय र अन्य उपलब्धीलाई समाप्त गर्ने षडयन्त्र भैरहेको जनाउँदै त्यस्तो कुनै पनि हालतमा हुन नदिने बताउनुभयो । जनता समाजवादी पार्टी बाँकेले शुक्रवार डुडुवाको कम्दीमा आयोजना गरेको धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले मधेश आन्दोलन र अन्य आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र नागरिकता समस्या समाधानका लागि आफु सधैं जनताको साथमा र माझमा रहने बताउनुभयो । उहाँले थप्नुभयो–कसैले पनि संविधान र संविधानमा प्राप्त अधिकार समाप्त गर्ने षडयन्त्र गर्यो भने ईश्तियाक राईले कुनै पनि हालतमा त्यस्तो हुन दिनेछैन, चाहे त्यसका लागि जुनसुकै कदम किन चाल्न नपरोस । पुर्वमन्त्री राईले हालै स...