प्रेस युनियन बाँकेले स्थापना गरेको पत्रकार कल्याण कोषले सबै पत्रकारलाई समेट्ने
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, पुस १२ । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनाएको छ । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले युनियन बाँकेले उक्त कोष स्थापना गरेको थियो ।
युनियन बाँकेको हालै बसेको कार्यसमिति बैठकले पनि एनपीयु पत्रकार कल्याण कोषलाई सक्रिय बनाउने निर्णय गरेको थियो । उक्त कोषमा सुरुमा युनियनका जिल्ला कार्यसमिति, पदाधिकारी आफैले स्वःस्र्फुत रुपमा रकम जम्मा गरेर अन्य ब्यक्ति, संस्था तथा निकायलाई पनि आग्रह गर्ने तयारीमा रहेको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताउनुभयो ।
युनियनले स्थापना गरेपनि उक्त कोषले जिल्लाका सबै पत्रकारलाई समेट्ने उहाँले बताउनुभयो । कोष सञ्चालनका लागि युनियनले निर्देशिका समेत तयार गर्ने ओलीले जानकारी दिनुभयो । ‘कोषमा जम्मा हुने रक...









