राजनीति

कम्दीस्थित कम्मर शाहको उर्स मेला शुरु, पुर्व मन्त्री राईद्धारा उदघाटन

कम्दीस्थित कम्मर शाहको उर्स मेला शुरु, पुर्व मन्त्री राईद्धारा उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ पुस । बर्षौं देखि बांकेको डुडुवा गांउपालिका कम्दीमा लाग्दै आएको हजरत बाबा कम्मर शाहको उर्स मेला विहिबार देखि शुरु भएको छ। तीन दिनसम्म चल्ने सो मेलाको विहिबार एक औपचारिक समारोहका विच पुर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले उदघाटन गर्नु भयो । सो अवसरमा बोल्दै उहाँले कम्मर शाह बाबाको मजार हिन्दु मुस्लिम एकताको प्रतिकको रुपमा समेत रहेको जनाउँदै यस्ता सुफी सन्तकै कारण सामाजिक सदभाव र धार्मिक एकता कायम रहेको बताउनुभयो । सो क्षेत्रको विकासका लागि आफुले विगतमा पनि धेरै कार्य गरेको स्मरण गर्दै पुर्व मन्त्री राईले आगामी दिनमा पनि निरन्तर प्रयास गर्ने बताउनुभयो । डुडुवा गाउँपालिकाको विकास गर्न खोज्दा पालिकाले सहयोग नगरेको पनि उहाँले सो अवसरमा गुनासो गर्नुभयो । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायत विभिन्न धर्म सम्प...
यातायातमा छुटको माग गर्दै तीन विद्यार्थि संगठनद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

यातायातमा छुटको माग गर्दै तीन विद्यार्थि संगठनद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ पुस । सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी संगठनले प्रशासन कार्यालय घेराउ गरेका हुन् । सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने माग गर्दै आएका छन् । चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना सहित बिरोध प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले केही दिनअघि मात्रै यातायात व्यावस्था कार्यालय बाँकेमा भाडामा सहुलियत कार्यान्वयनको माग गर्दैँ एक घण्टा कामकाज ठप्प हुने गरेर विरोध प्रर्दशन गरेका थिए...
बर्दियाकी जुवेदा खातुन– काँग्रेस केन्द्रिय सदस्यसम्मको गर्विलो राजनीतिक यात्रा

बर्दियाकी जुवेदा खातुन– काँग्रेस केन्द्रिय सदस्यसम्मको गर्विलो राजनीतिक यात्रा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रकाश धौलाकोटी बर्दियाको मुस्लिम समुदाय, जहाँका महिलालाई अहिले पनि ‘नकाब’ उतार्न अनुमति छैन । संघसंस्था, सामाजिक काम गर्ने वा राजनीतिमा लाग्ने होइन, गाउँ नजिकका हाटबजारसमेत खुल्ला रुपमा हेर्न पाएका छैनन् यहाँका मुस्लिम महिलाले । छोरीलाई स्कुल पठाउनु हुँदैन भन्ने मान्यता अझै जीवित छ । कसैले छोरी पढाउने हिम्मत गरे उसले समाजमा विकृति फैलाएको आरोप खेप्नुपर्छ, जसकारण यहाँ धेरै छोरीले अहिले पनि पढ्न पाएका छैनन् । त्यही मुस्लिम समुदायकी एउटी छोरी र बुहारी हुन्— जुवेदा खातुन । जसले समाज र अन्धविश्वासले पहिर्‍याएको नकाब खोलेर गर्विलो राजनीतिक यात्रा तय गरेकी छिन् । कांग्रेसको भर्खरै सकिएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी खातुन आफूले नसोचेको सफलता पाएको बताउँछिन् । कांग्रेसमा मुस्लिम समुदायबाट निर्वाचित भएर केन्द्रीय सदस्य बन्ने पहिलो महिला हुन् उनी । न राजनीतिक घराना, न गहिरो राजनीतिक चेत ।...
कार्यदलको प्रतिवेदनपछि एमसीसीबारे निर्णय गरिने–माधव नेपाल

कार्यदलको प्रतिवेदनपछि एमसीसीबारे निर्णय गरिने–माधव नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ८ । एकिकृत समाजवादी पाटीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमसीसीको बारेमा गठबन्धन भित्र र बाहिरका दलहरुसंग घनिभूत छलफल भइरहेको जनाउदै कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै कसरी अगाडी बढ्ने भन्ने निर्णयमा पुग्ने बताउनुभएको छ । बिहीबार समाजवादी प्रेस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनु भएको हो । उहाँले देशको हितमा हुने हरेक सम्झौतालाई समाजादीले सहर्ष स्विकार्ने जनाउँदै तर आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्विकार गर्न नसकिने बताउनुभयो । आगामी निर्वाचनमा लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकतावद्ध गरेर लैजाने पक्षमा आफुहरु रहेको पनि उहाँले सो अवसरमा बताउनु भयो । प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य लोकतान्त्रिक दललाई मिलाएर गठबन्धन बनाई निर्वा...
एमाले बाँकेका उपसचिव धिताल एकिकृत समाजवादीमा प्रवेश

एमाले बाँकेका उपसचिव धिताल एकिकृत समाजवादीमा प्रवेश

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेका उप(सचिवको जिम्मेवारीमा रहेका प्रमोद धिताल एकीकृत समाजबादीमा प्रवेश गरेका छन् । बिहिवार बाँकेको कोहलपुरमा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी एक कार्यक्रमका बिच नेता धिताल नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका हुन् । नेता धिताललाई नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । धिताल लामो समयसम्म एमालेमा हुँदा नेपाल समुहमा रहदै आए पनि पार्टी बिभाजन पछि भने एमालेमै रहेका थिए । तर पछिल्लो समय नेकपा एमालेको नेतृत्व केपी शर्मा वलीले पार्टीलाई विधी र विधान विपरीत चलाउन खोजेको र एमालेलाई दक्षिणपन्थी अवसरवादको भासमा डुवाउदै लगेको, माक्सवाद लेलीनवादका मुलभुत सिद्धान्त परित्याग गरेको र पार्टी पार्टी नभई व्यक्तिवादी चिन्तनले ग्रसित भएकोले एमाले पार्टी परित्याग गरि एकीकृत...
नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीद्धारा समन्वय र सहकार्य गर्ने निर्णय

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीद्धारा समन्वय र सहकार्य गर्ने निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस ७ गते । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुले एक आपसमा सहकार्य र समन्वय गरेर अगाडी बढ्ने निर्णय गरेका छन् । सो निर्णय उनिहरुले नेपालगञ्जमा बुधवार बेलुकी सम्पन्न भएको सयुंक्त समन्वय बैठकमा गरेका हुन् । बैठकका लागि होटल सिद्धार्थ भ्यु मा जम्मा भएका दुबै देशका उच्च सुरक्षा अधिकारीहरुले सीमानामा अझै समन्वय र सहकार्य बढाउनु पर्ने निष्कर्श निकालेको सहभागि एक उच्च अधिकारीले बताए । उनले भारतीय पक्षले नेपाली पक्षसंग सीमा नाकामा थप सुरक्षा कडा गर्नु पर्ने माग गरेको पनि जनाएका छन् । भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको तथा बैठकमा भारतका ७ जिल्ला र नेप...
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिकोटका हमालको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिकोटका हमालको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । बुधवार अपरान्ह नेपालगन्जको पुष्पलाल चोक नजिकै रहेको गुल्म अगाडि भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका–३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोकदेखि बागेश्वरीतर्फ गइरहेको मोटरसाइकललाई अपरान्ह साढे चार बजेतिर ठक्कर दिएपछि मोटरसाइकल चालक हमाल गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै नेपालगञ्ज शिक्षण अस्पताल पुरयाईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गत केही समययता आएर नेपालगञ्जमा ट्राफिक व्यवस्थापन फितलो भएकोले दैनिकजसो दुर्घटनाहरु भैरहेका छन् । दुर्घटनाहरु प्रायजसो सुर...
खजुराकी महिलामाथि दुव्र्यवहार गर्ने तीन जना सुर्खेतमा पक्राउ

खजुराकी महिलामाथि दुव्र्यवहार गर्ने तीन जना सुर्खेतमा पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । बांके खजुराकी महिलामाथी दुर्व्यवहार गर्ने ३ जना सुर्खेतमा पक्राउ परेका छन । बाँके खजुरा निवासी १ जना महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका वडानम्बर ११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका वडा नं ८ को १९ वर्षिय मिलन ज्ञवालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक बहादुर शाही जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न अदालतबाट अनुमति समेत लिइसकेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । पिडित पक्षले भने अहिले सम्म उजुरी नदिएको उहाँले बताउनुभयो । निरिक्षक शाहीका अनुसार पिडित महिला पुस ४ आफ्नो कुल पुजा मान्न माइती घर आएको समयमा धामी पुजारीहरुले उनीमाथि कुटपिट र दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसैको आधारमा खोजतास ग...
नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक आज अपरान्ह नेपालगञ्जमा हुने

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक आज अपरान्ह नेपालगञ्जमा हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, ७ पुस । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक बुधवार अपरान्ह नेपालगञ्जमा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो । भारतका ७ जिल्ला र नेपालका ८ जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सयुंक्त बैठकको आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो । सो बैठकमा भारतीय पक्षबाट गोरखपुर क्षेत्रका अतिरिक्त महानिरिक्षक अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रीमती श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश...
रुपैडिहाबाट चोरबाटो भएर ल्याउँदै गरेको ३ सय ट्याबलेट लागु औषधसहित एकजना पक्राउ

रुपैडिहाबाट चोरबाटो भएर ल्याउँदै गरेको ३ सय ट्याबलेट लागु औषधसहित एकजना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । यहाँस्थित सीमा पारी रुपैडिहाबाट चोरबाटोको प्रयोग गरेर नेपालतर्फ ल्याउँदै गरेको लागु औषध नाइट्रोभेटका तीन सय टयाब्लेट सहित एकजनालाई जमुनाह प्रहरीले पक्राउ गरेको छ । मंगलवार अपरान्ह तीन बजेर २५ मिनेटको समयमा जमुनाह गाउँको चोरबाटो प्रयोग गरेर दार्चुला शैलेशिखर नगरपालिका ९ का १९ वर्षिय नरेन्द्र विष्टले नेपालतर्फ ल्याउँदै गरेको नाइट्रोभेटका २० फाइलमा रहेको तीन सय टयाब्लेट सहित विष्टलाई जमुनाह प्रहरीले पक्राउ गरेको छ । जमुनाह प्रहरीले दिएको जानकारी अनुसार विष्टलाई नाकामा रहेको जमुनाह प्रहरी कार्यालय भन्दा एक किलोमिटर पुर्वबाट पक्राउ गरेको छ । सीमापारीबाट दैनिकजसो लागु औषध ब्राउन सुगर र विभिन्न नशा भएका ट्याबलेटहरु भित्रिने गरेकोले नाकामा निगरानी बढाईएको प्रहरीले जनाएको छ ।...