बाँकेमा फेरी बाघको आक्रमण, भागेर ज्यान जोगाउन सफल भए बटाला
सिराज खान
नेपालगञ्ज, पुस ३ गते । बाँकेका गाभर र नरैनापुर क्षेत्रमा दुई जना मानिसलाई शिकार बनाएर खाएको बाँके राष्टिय निकुञ्जको बाघले शनिबार राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रमा एक जना मोटरसाइकल सवारमाथि आक्रमण गरेको छ ।
जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटालामाथि बाघले आक्रमण गर्दा उहाँ भागेर ज्यान जोगाउन सफल हुनुभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेले दिएको जानकारी अनुसार क्याम्पसबाट शनिबार विहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बटालालाई बाघले झम्टिन खोज्दा उहाँले भागेर जोगिनुभएको हो ।
आलीनगर पुग्नै लाग्दा सडक बनाउने कम्पनीको छाप्रो रहेको स्थानमा हल्का ओरालोबाटोमा पछाडिबाट बाघले झम्टीएको जनाउँदै क्याम्पस प्रमुख बटालाले मोटरसाइकल तीव्र गतिमा रहेकोले आक्रमणब...









