५ जेष्ठ २०८१, शनिबार

राजनीति

पुर्वमन्त्री राईले राणालाई बधाई दिंदै भने, विकास समृद्धि र सदभावका लागि सधैं सक्रिय रहनेछु

पुर्वमन्त्री राईले राणालाई बधाई दिंदै भने, विकास समृद्धि र सदभावका लागि सधैं सक्रिय रहनेछु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट पराजित हुनु भएका जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले यस पटक आफु पराजित भएपनि बाँके क्षेत्र नम्बर २ को विकास, समृद्धि र सामाजिक सदभावका लागि सधैं सक्रिय रहीरहने प्रतिवद्धता जनाउनु भएको छ । मतपरिणाम सार्वजनिक भएर राप्रपाका उम्मेदवार धवल शमसेर राणाले ६ हजार बढी मतले जितेको घोषणा गरिए लगत्तै एक विज्ञप्ती प्रकाशित गरेर पुर्वमन्त्री राईले विजयी हुनु भएका राणालाई बधाई दिंदै आफुले शुरु गरेको सामाजिक सदभाव र एकतासहितको विकास र समृद्धिको अभियानमा साथ र सहयोग गर्ने ठुलो संख्याका मतदाताप्रति पनि हृदयदेखिनै आभार व्यक्त गर्नु भएको छ । उहाँले विजयी हुनु भएका राणाले जनता समक्ष गरेका वाचा र प्रतिवद्धतालाई पुरा गर्न आग्रह समेत गर्नु भएको छ । पुर्वमन्त्री राईले निर्वाचनमा उम्मेदवारको जित हार भन्दा पनि जनताक...
बाँके २ को प्रदेशसभाका दुबै सिटमा जसपा विजयी

बाँके २ को प्रदेशसभाका दुबै सिटमा जसपा विजयी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा  क र  ख  दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ । प्रदेश सभा क मा जसपाका यादवले निवर्तमान सांसद एमाले उम्मेदवार विजयबहादुर यादवलाई दुई हजार १४६ मतान्तरले पराजित गर्नुभयो । विजयी हुनुभएका यादवले ११ हजार ५०४ मत प्राप्त गर्नुभयो भने पराजित हुनुभएका यादवले ९ हजार ३५८ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार राजकुमार बर्माले ८ हजार ७३१ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा बर्मा सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो भने विजयी हुनुभएका यादवले एक्लै निर्वाचन लड्नुभएको थियो । यसै गरी प्रदेशसभा  ख मा जसपाका आदेश अग्रवालले काँग्रेसका निरक गुरुङलाई १ हजार ५३७ मतान्तरले पराजित गर्नुभयो । अग्रवालले ८ हजार २४६ मत र गुरुङले ६ हजार ७०९ मत प्राप्त गर्नुभ...
पुर्वमन्त्री राईलाई पराजित गर्दै राप्रपाका राणा बाँके २ बाट निर्वाचित

पुर्वमन्त्री राईलाई पराजित गर्दै राप्रपाका राणा बाँके २ बाट निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो । विजयी हुनुभएका राणाले २९ हजार ५७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनु भएका नेपाली काँग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गर्नुभयो । सोही प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार ईर्फान शेषले १ हजार २८९ मत प्राप्त गर्नुभयो । विजयी हुनु भएका राणा यस अघि दुई पटक नेपालगन्ज उपमहानगरको मेयर पदमा निर्वाचित भई सक्नु भएको थियो भने पराजित हुनु भएका राईले २०७४ साल र २०६४ सालमा सां...
युवा तथा खेलकुद मन्त्री अथकद्धारा मतदान

युवा तथा खेलकुद मन्त्री अथकद्धारा मतदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, मङ्सिर ४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गर्नुभएको छ। उहाँले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गर्नुभयो । मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गर्नुभएको छ । मन्त्री अथक बाँके क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार पनि हुनुहुन्छ ।...
पुर्वमन्त्री राईद्धारा नेपालगञ्ज १५ मा मतदान, मतदानमा सहभागि हुन सबैलाई आग्रह

पुर्वमन्त्री राईद्धारा नेपालगञ्ज १५ मा मतदान, मतदानमा सहभागि हुन सबैलाई आग्रह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, मङ्सिर ४ गते । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज १५ मा मतदान गर्नुभएको छ । नेपालगञ्ज १५ को मतदान केन्द्रमा मतदान गर्न पुग्नु भएका पुर्वमन्त्री राईले सो मतदान केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नुभयो । उहाँ बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहन्छ । मतदानपछि उहाँले सक्षिप्त प्रतिक्रिया दिंदै लोकतन्त्रको एउटा महाकुम्भमा सहभागी भएर मतदान गरि आफ्नो जिम्मेवारी पूरा गरेको जनाउँदै सम्पूर्ण मतदाताहरुलाई लोकतन्त्रको यो सुन्दर महापर्वमा सहभागी भएर बिबेकपूर्ण मतदान गर्न अपिल गर्नुभएको छ ।...
जनताको अधिकार खोसेर रैती बनाउने षडयन्त्र हुँदैछ–पुर्वमन्त्री राई

जनताको अधिकार खोसेर रैती बनाउने षडयन्त्र हुँदैछ–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाज भाँड्ने र नागरिकता विरोधीहरुसंग सावधान रहन आग्रह नेपालगञ्जपाटी समाचार नेपालगन्ज, कात्तिक ३० । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद ईश्तियाक राईले ठुलो त्याग र बलिदानपछि जनताले पाएको अधिकार खोसेर फेरी रैती बनाउने षडयन्त्र भैरहकोले सचेत रहन जनतासंग आग्रह गर्नु भएको छ । उहाँले जनताले पाएको अधिकार खोसेर फेरी सामन्ती शासन चलाउन खोज्नेहरुले धर्म जातको नाराहरु दिएर समाज भाड्ने र आफ्नो उदेश्य पुरा गर्ने खेल खेलीरहेको बताउनुभयो । बाँकेको डुडुवा २ बेतहनीमा बुधवार आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा उम्मेदवार राईले जनताले पाएको अधिकार, कमाएको सम्पत्ति र गरेको प्रगति सहन नसकेर विभिन्न बहानामा विभाजन ल्याई फेरी गुलाम बनाउन खोजिएकाले सचेत रहन तथा त्यस्तालाई धपाउन आग्रह गर्नुभयो । धवल समशेर राणप्रति ईगित गर्दै पुर्वमन्त्री राईले भन्नुभयो – कुनै पनि म...
माओवादीका उम्मेदवार अकल बमले ११ शिर्षकमा ७० वटा प्रतिवद्धता सार्वजनिक गरे

माओवादीका उम्मेदवार अकल बमले ११ शिर्षकमा ७० वटा प्रतिवद्धता सार्वजनिक गरे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगन्जपाटी समाचार नेपालगन्ज, कात्तिक २९ । नेकपा माओवादी केन्द्रबाट बाँके २ को प्रदेशसभा २ का उम्मेदवार अकलबहादुर बमले ११ शिर्षकभित्र ७० वटा प्रतिवद्धता समेटिएको आफ्नो प्रतिवद्धता पत्र मंगलवार सार्वजनिक गरेका छन् । नेपालगन्जमा एक कार्यक्रमका बीच पत्रकारहरु माझ उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । बमले उक्त प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्रमा गर्न सकिने विभिन्न कामलाई आफ्नो प्रतिवद्धताका रुपमा समेटेका छन् । सो कार्यक्रममा उनले बाँकेको क्षेत्र नम्बर १ र ३ मा गठबन्धन हुदै गर्दा २ नम्बर क्षेत्रमा आवश्यकता अनुसार मित्रवत मित्रवत प्रतिस्पर्धा गर्न लागिएको बताए । उनले क्षेत्र नम्बर २ मा संघिय सांसदमा काँग्रेसले उम्मेदवारी दिंदा प्रदेशमा एउटा सिट माओवादीले पाउनु पर्नेमा त्यसो नगरिंदा बाध्य भएर मित्रवत प्रतिष्पर्धामा जानु परेको बताए। उनले आफुले जनताको मतको सम्मान र सदुपयोग...
मंसिर १ गते रातीबाट ४ गते रातीसम्म जमुनाहा नाका पुर्ण रुपमा बन्द गरिने

मंसिर १ गते रातीबाट ४ गते रातीसम्म जमुनाहा नाका पुर्ण रुपमा बन्द गरिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, कात्तिक २८ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाकालगायत जिल्लाका सबै सहायक नाकाहरु समेत ७२ घण्टा बन्द गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । हालै नेपाल र भारतका सीमावर्ति जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकमा भएको सहमतिअनुसार मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ सम्मकालागि नेपाल भारत सीमा नाका पूर्ण रुपमा बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो । उहाँले सोही समयमा बर्दियाको मुख्य नाका गुलरिया नाकासँगै जिल्लाका अन्य सबै सहायक नाकाहरु पनि बन्द गरिने बताउनुभयो । नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्...
माओवादी केन्द्रका प्रदेशसभाका उम्मेदवार बमले स्वर्गिय दामोदर आचार्यको सपना पुरा गर्ने

माओवादी केन्द्रका प्रदेशसभाका उम्मेदवार बमले स्वर्गिय दामोदर आचार्यको सपना पुरा गर्ने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगन्ज, कात्तिक २८ । चुनाव नजिकिदै गर्दा बाँके क्षेत्र नं २ को २ प्रदेशसभामा माओवादी तर्फका उम्मेदवार अकल बहादुर बमको लोकप्रियता बढ्दै गएको छ । माओवादीको एजेण्डा र नितिलाई समर्थन गर्दै बमलाई सहयोग गर्ने दिनदिनै बढ्दै गएको पाईएको छ । बमको प्रतिष्पर्धा नेपाली काँग्रेसका सुरेन्द्र हमाल र जसपाका आदेश अग्रवालसंग देखिएपनि उनि अरु भन्दा अगाडी रहेको मतदाताको भनाई छ । निर्वाचन प्रचार प्रसारको क्रममा बमले बाँकेका सफल व्यवसायी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष स्वर्गीय दामोदर आचार्यलाई सम्झिनु भएको छ । स्व आचार्यको सम्बन्ध नेपालगन्जका पहाडी, मधेसी र मुस्लिमहरुसँग निकै प्रगाढ थियो । उनी लोकप्रिय थिए । अहिले माओवादी उम्मेदवार बम पनि नेपालगन्जका सम्पुर्ण समुदायका लोकप्रिय पात्रका रुपमा चिनिन थाल्नु भएको छ । स्वआचार्यको विरासत बमले अझ उचाइमा लग्न थाल्नु भएको छ । आचार्यको निधनपछि नेपालगन्जमा माओवादी...
मोहम्मद ईश्तियाक राईको राजनितिक यात्रा–गाउँ इकाईदेखि सिंहदरबारसम्म

मोहम्मद ईश्तियाक राईको राजनितिक यात्रा–गाउँ इकाईदेखि सिंहदरबारसम्म

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगन्ज, कात्तिक २८ । हरेक राजनीतिज्ञको कठिन र अनिवार्यजस्तै एउटा परीक्षा हो चुनाव। राजनीतिक यात्राको १३ वर्षपछि नै इश्तियाक राईले चुनावी मैदान रोजिसकेका थिए। राजनीतिक जीवनको सबैभन्दा ठूलो चुनौती र असिमित सम्भावना गाँसेको यो चुनावी सेतु उनले सजिलै तरिदिए। राजनीतिक इतिहासको पहिलो संविधानसभाको चुनावमा उनले बाँके क्षेत्र नं २ बाट चुनाव जिते। बाँकेको राजनीतिक इतिहासमा यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो जहाँ देशका प्रधानमन्त्रीसमेत भइसकेका सुशील कोइरालाले पनि चुनाव हार्नुपरेको थियो। २०६४ सालको निर्वाचनमा उनले आफ्नै निकटतम प्रतिद्वन्द्वी दिनेशचन्द्र यादवलाई पराजित गरेर संविधानसभाको सदस्य भए। त्यो बेला उनी मात्रै २८ वर्षका थिए। २८ वर्षको एउटा ‘मधेसी’ ठिटो सांसद बनेर पहिलोपटक संविधानसभाको भवनमा छिर्दै थियो। उनी एउटामात्रै त्यस्तो सांसद हुन् जसले पहिलोपटक संसद भवनमा अवधी भाषामा सपथ लिएका थिए। ...