मोहम्मदी सिद्दिकी नामक स्मारिकाको गैर सरकारी संस्था महासंघद्धारा विमोचन
नेपालगञ्ज, पुस २२ । पहिलो संविधानसभा सदस्य स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्झनामा तयार पारिएको ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका नेपालगञ्जमा विमोचन गरिएको छ । विहिबार नेपालगञ्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरि गैर सरकारी संस्था मंहासंघ बाँकेले पुस्तक विमोचन गरेको हो ।
विमोचन गरिएको सो पुस्तकमा वरिष्ठ समाजसेवी तथा अगुवा मुस्लिम महिला सिद्धिकीसंग सम्बन्धित ३६ वटा आलेख, अन्तरवार्ता, संस्मरण तथा समाचाहरु समेटिएका छन् ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकीले ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका प्रकाशन हुनु स्वर्गिय मोहम्मदी सिद्विकीको सम्मानमा एक ईटा थप्नुमात्र नभई एउटा मुस्लिम महिलाले गरेको संर्घषको ईतिहास समेत लेखिएको बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्मानमा एक अक्षयकोषको स्थापना गर्नमा जोड दिनुका साथै उनको...









