एमसीसीमार्फत नेपाललाई अमेरिकाले प्रान्त बनाउन खोज्दैछ– नेकपा विप्लव नेता बास्तोला
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २५ । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धमेन्द्र बास्तोलाले अमेरिकाले एमसिसीमार्फत नेपाललाई आफ्नो प्रान्तको रुपमा कब्जा गर्न खोजेको बताउनुभएको छ । उहाँले एमसीसीकै कारण नेपालमा अत्यन्तै ठुलो खतरा पैदा भएको पनि प्रष्ट पार्नु भएको छ ।
जनपत्रकार संगठन बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बास्तोलाले एमसिसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिएकोले देशमा ठुलो खतरा आउन लागेको बताउनुभयो ।
पार्टीका विदेश विभाग इन्चार्ज समेत रहनु भएका बास्तोलाले एमसीसीले नेपालको स्वतन्त्रता र सार्र्वभौमसत्तालाई समाप्त पार्ने बताउँदै यसबाट जोगिन सबै नेपालीले प्रतिकारका उत्रिनुपर्नेमा जोड दिनुभयो ।
सरकारसँग भएको सहमती अझै कार्यान्वयनमा नआएको गुनासो गर्दै उहाँले तत्कालिन सरकारसँग भएको तीन बुँदे सहमती मध्ये पार्टीमाथीको प्...








