इस्लामी संघद्धारा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल सदुपयोग अभियान
समाचारदाता
नेपालगन्ज, कात्तिक २५ गते । इस्लामी संघ नेपालले हाल देशव्यापी रुपमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगकालागि प्रेरित गर्ने जागरण अभियान सञ्चालन गरेको छ ।
सोही क्रममा संघले बाँकेमा पनि उक्त ६ दिने अभियान सञ्चालन गरेर मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगमा जोड दिंदै दुरुपयोगबाट जोगिन विद्यार्थि र युवालाई बिशेष अनुरोध गरेको छ ।
सो अभियान बारे जानकारी दिन नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मोबाइल र सामाजिक सञ्जालको अत्यधिक, अनाबश्यक, अनियन्त्रित र अनुचित प्रयोगले समाजलाई एक्लोपन र नैतिक पतनको खाडलतर्फ धकेलिरहेको इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष उवेदुर रहमान खानले बताउनुभयो ।
उहाँले सोही कारणले अभियाननै चलाउनु पर्ने आबश्यकता महसुस गरेर जागरण अभियान थालिएको बताउनुभयो ।
सो अवसरमा बाँके र बर्दियामा आयोजना गरिने अभियानको कार्यक्रमहरुको कार्यता...









