ताजा-अपडेट

लैङ्गिकमैत्री र समावेशी विद्यालय वातावरण प्रवद्र्धनकालागि राजापुरका शिक्षक अभिभावकलाई तालिम

लैङ्गिकमैत्री र समावेशी विद्यालय वातावरण प्रवद्र्धनकालागि राजापुरका शिक्षक अभिभावकलाई तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, प्रधानाध्यापक तथा फोकल शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरण तथा समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बर्दियाको राजापुरमा सञ्चालित उक्त तालिममा राजापुर नगरपालिकाका पाँच वटा बिद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक–शिक्षक संघका प्रतिनिधि, प्रधानाध्यापक तथा फोकल शिक्षकहरू गरेर २० जनाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य विद्यालयका सरोकारवालाहरूको लैङ्गिक समानता, समावेशिता तथा बाल संरक्षणसम्बन्धी ज्ञान, सीप र समझदारी अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र हुने लैङ्गिक विभेद तथा असमानतालाई न्यूनीकरण गर्दै सबै बा...
बारबर्दिया नगरपालिकामा बाल अधिकार समिति बैठक सम्पन्न

बारबर्दिया नगरपालिकामा बाल अधिकार समिति बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता बर्दिया, भदौ २५ । बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक बैठक उपप्रमुख तथा बाल अधिकार समिति संयोजक श्त्नकुमारी पाण्डेको अध्यक्षतामा तथा नगर प्रमुख छविलाल थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। नगरपालिकाका नगर बाल अधिकार समिति तथा सातवटा वडाका वडा बाल अधिकार समितिका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकमा स्थानीय तहमा बाल अधिकारको अवस्था, बाल संरक्षणका विद्यमान संयन्त्रहरूको समीक्षा गर्दै बालबालिकाको संरक्षण प्रणालीलाई थप प्रभावकारी, समन्वयात्मक र उत्तरदायी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको थियो। उक्त कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजना बाट प्राविधिक तथा आर्थिक सहयोग प्राप्त भएको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत वडा नं....
मधुवन–१ मा बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणसम्बन्धी घरदैलो अभियान

मधुवन–१ मा बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणसम्बन्धी घरदैलो अभियान

ताजा-अपडेट, मुख्य समाचार, विचार
समाचारदाता बर्दिया, २४ भदौ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा “एक घर, एक अध्ययन कुनो” अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान मधुवन नगरपालिका–१ स्थित पथ्थरबोझी गाउँमा सम्पन्न भएको छ। प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधाकृष्ण जनसेवा केन्द्रद्वारा संयुक्त रूपमा कार्यान्वयन भइरहेको सुरक्षित भविष्य परियोजना अन्तर्गत सञ्चालित उक्त अभियानमा स्थानीय सरकार, समुदाय, सरोकारवाला तथा सामुदायिक प्रहरीसँगको घनिष्ठ समन्वय र सहकार्यमा बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित, संरक्षणयुक्त र सहयोगी वातावरण निर्माण गर्ने सन्देश प्रवाह गरिएको थियो। अभियानमा मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मिनबहादुर थापाको सहभागिता रहेको थियो। उहाँले समुदायका अभिभावक तथा स्थानीय बासिन्दालाई बालविवाह तथा लागुऔषध दुरुपयोगका कारण, जोखिम ...
गेरुवाका प्रारम्भिक तहका शिक्षकलाई एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम

गेरुवाका प्रारम्भिक तहका शिक्षकलाई एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता गेरुवा, बर्दिया २४ भदाै । बर्दियाकाे गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रारम्भिक तहका शिक्षकहरूका लागि आयोजित एकीकृत पाठ्यक्रमसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। तीनदिनसम्म सञ्चालन भएको साे तालिम गेरुवा गाउँपालिका र सुरक्षित भविष्य परियोजनाको सहकार्यमा सम्पन्न भएको हो। तालिममा गेरुवा गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरूबाट प्रारम्भिक तहमा अध्यापनरत २६ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य प्रारम्भिक तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको अवधारणा, बालकेन्द्रित तथा सहभागितामूलक शिक्षण विधि, विषयवस्तुलाई बालबालिकाको दैनिक जीवनसँग जोडेर सिकाउने तरिका तथा कक्षाकोठामा एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा आवश्यक ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्नु रहेको थियो। तालिमको सहजीकरण प्रशिक्षक नन्दकला खत्रीले गर्...
विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक सम्पन्न

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत विद्यालयस्तरमा बाल संरक्षणसम्बन्धी अवस्थाको समीक्षा तथा प्रतिबिम्ब बैठक बर्दियाको मधुवनमा सम्पन्न भएको छ । विद्यालयस्तरमा बाल संरक्षणका सवाल तथा स्व–संरक्षण सत्रको कार्यान्वयन अवस्थाबारे समीक्षा, अनुभव आदानप्रदान, राम्रा अभ्यासको सिकाइ तथा आगामी दिनमा सुरक्षित, समावेशी, संरक्षणयुक्त र बालमैत्री सिकाइ वातावरण निर्माण गर्ने उपाय पहिचान गर्ने उद्देश्यले बैठक आयोजना गरिएको थियो । बैठकमा राजापुर र मधुवन नगरपालिकाका विभिन्न विद्यालयका ४० जना प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले स्व–संरक्षण सत्रको प्रगति, उपलब्धि, सिकाइ, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे अनुभव आदानप्रदान गरेका थिए । साथै विद्यालय तथा ...
गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनाको कार्यान्वयन र प्रभावकारी सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गेरुवा गाउँपालिका र बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय नेतृत्वको ज्ञान, बुझाइ तथा क्षमता अभिवृद्धि गरी सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउने, सिकाइस्तर कमजोर भएका विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, शिक्षण तथा सिकाइको गुणस्तर सुधार गर्ने तथा बालबालिकाको नियमित विद्यालय उपस्थिति र विद्यालयमा निरन्तरता सुनिश्चित गर्ने रहेको थियो । कार्यक्रमक...
बर्दियाको ठाकुरबाबा र मधुवनमा दोस्रो चरणको यति परियोजनाको प्रारम्भ बैठक सम्पन्न 

बर्दियाको ठाकुरबाबा र मधुवनमा दोस्रो चरणको यति परियोजनाको प्रारम्भ बैठक सम्पन्न 

अर्थ, ताजा-अपडेट
समाचारदाता बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित दोस्रो चरणको यति परियोजनाअन्तर्गत बर्दियाका मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा परियोजना प्रारम्भ बैठक सम्पन्न भएका छन् । परियोजनाको समग्र लक्ष्य, उद्देश्य, कार्यान्वयन रणनीति, प्रस्तावित गतिविधि तथा अपेक्षित उपलब्धिबारे स्थानीय सरकारका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउँदै परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि समन्वय, सहकार्य र स्थानीय स्वामित्व अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो । मधुवन नगरपालिकामा आयोजित बैठक नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो । उपप्रमुख अनिता चौधरी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पार्वती पण्डित, वडा नम्बर १ र २ का वडाध्यक्ष, बालबालिका तथा महिला शाखा, पशु सेवा शाखा, योजना शाख...
बारबर्दियामा पाँचसय शिक्षकको पेशागत सिकाइ सञ्जाल गठन

बारबर्दियामा पाँचसय शिक्षकको पेशागत सिकाइ सञ्जाल गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता बर्दिया, भदौ १३ । गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजनाको सहकार्यमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले नगरपालिकाभित्र कार्यरत करिब ५०० शिक्षकलाई समेट्दै तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन गरेको छ । शिक्षकहरूबीच ज्ञान, सीप, अनुभव तथा असल अभ्यासको आदानप्रदानलाई संस्थागत गर्दै सहकर्मीबाट सिक्ने संस्कृति विकास, शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले यो महत्वपूर्ण पहल अघि बढाइएको हो । बर्दियामा सुरक्षित भविष्य परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र र बाँके युनेस्को क्लबको संयुक्त पहलमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा कार्यान्वयन भइरहेको छ । नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूलाई उनीहरूले अध्यापन गर्ने तह तथा विषयका आधारमा समूहबद्ध गरी साझा पेशागत सिकाइ तथा विज्ञ मञ्चका रूपमा शि...
बर्दियाका पालिकाहरुमा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दियाका पालिकाहरुमा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गर्ने कार्य शुरु गरिएको छ । सो क्रममा जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन गरिएको हो । युवाहरूलाई एकताबद्ध गर्दै नेतृत्व विकास, सार्थक सहभागिता, सञ्जाल विस्तार, पैरवी तथा समुदायमा सकारात्मक सामाजिक रूपान्तरणका लागि सक्रिय बनाउने उद्देश्यले पालिकाहरुमा क्लबको गठन शुरु गरिएको जनाईएको छ । पूर्वसहभागी युवा क्लबको गठनसँगै सदस्यहरूको भूमिका तथा जिम्मेवारी, सञ्जाल विकास तथा पैरवी, अभियान निर्माण, व्यावसायिक क्लब व्यवस्थापन, युवा सहभागिता तथा युवाको नेतृत्वमा सामाजिक रूपान्तरणका पहलहरू सम्बन्धमा अभिमुखीकरणसमेत प्रदान गरिएको थियो । बढैयातालको कार्यक्रम उदघाटन सत्रमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको उपस्थिति रहेको थियो ...
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै, बृहत्त पार्टी प्रवेश कार्यक्रम

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै, बृहत्त पार्टी प्रवेश कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, भदौ ७ । श्रम संस्कृति पार्टीले भदौ १३ गते नेपालगन्जमा अगुवा श्रमदातासँग हातेमालो तथा बृहत्त पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङ राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आइतवार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीको बाँके शाखाले जनाएको छ। पार्टीका बाँके अध्यक्ष श्रीमान् थापा मगरले कार्यक्रम नेपालगन्जस्थित होटल ग्याजेस्टिकमा बिहान ११ः३० बजे हुने जनाउँदै कार्यक्रममा बाँकेका अगुवा श्रमदाता, पार्टीका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुने बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टीका बाँके अध्यक्ष थापा मगर, लुम्बिनी प्रदेश उपाध्यक्ष ओमकार थापा, प्रदेश सह–कोषाध्यक्ष रामचरण चौधरी, प्रदेश सदस्य ज्योति परियार र दिनेश गुरुङ, जिल्ला संगठन विभाग प्रमुख तथा कार्यक्रम संयोजक राजन राना मगर, वरिष्ठ नेता मोहम्मद इम्तिया...