समाचारदाता
नेपालगन्ज, माघ १७ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ ।
बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा विनियोजित बजेटसहितका सान्दर्भिक गतिविधिहरू सहितको लक्ष्य र उद्देश्य प्रस्तुत गरी हरित रोजगारी, उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र हरित वातावरणमा योगदान पु¥याउन युवा युवतीहरूको सीप विकास गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
सो अवसरमा राजापुर नगरपालिकाका मेयर दिपेश थारुले वातावरण दिनप्रतिदिन बिग्रँदै गएको कारण जलवायु परिवर्तन र बढ्दै गएको ग्लोबल वार्मिङले अन्ततः पृथ्वीमा रहेका...
सिराज खान
खलंगा, जाजरकोट माघ १२ । चिसोका कारण समस्यामा परेका जाजरकोटका १५० अतिविपन्न भुकम्पपिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ ।
अति विपन्न भुकम्पपिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि
इलुमिनेट नेपाल मिडिया सेन्टरद्धारा सञ्चालित गुडन्युज खबर साप्ताहिक बाँकेको एक टोलीले जाजरकोट पुगेर १५० पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ ।
कात्तिक १७ गते राती गएको भुकम्पबाट पिडित भएका जाजरकोटको भेरी नगरपालिका ११ करा गाउँका अतिविपन्न १५० परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो ।
भुकम्पपिडित अतिविपन्नहरु चिसोले समस्यामा परेका जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको अनुरोधमा न्यानो लुगा वितरण गरिएको इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो ।
उहाँले वडा नम्बर ११ का अतिविपन्न १५० परिवारलाई चिसोमा समस्या परेकोले रा...
समाचारदाता
नेपालगन्ज, माघ १२ गते । लुम्बिनी प्रदेशभत्रिका खेलकुदका भौतिक संरचनाहरु विभिन्न जिल्लामा अस्तव्यस्त भइरहेकाले त्यसको सम्पूर्ण अध्ययन निरिक्षण गरेर प्रतिवेदन प्रस्तुत गर्न राष्ट्रिय खेलकुद परिषद्ले सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
राखेपले लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरेको जनाएको छ । समितिको सदस्यमा साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अधिकृत महेश चन्द र समितिका इन्जिनियर चिरन्जिवी लम्साललाई मनोनित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले शुक्रबार विज्ञप्ती जारी गरि विष्टको संयोजकत्वमा लुम्बिनी प्रदेशभरिका खेल पुर्वाधारहरुको अवस्था अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिनु भएको छ ।
खेलकुद पूर्वाधार नीति संवाद २०७९ मा निकालिएको निचोड अनुरुप प्रदेशभरिका संभावित संरचनाहरुको पहिचान गर...
समाचारदाता
नेपालगन्ज, माघ १२ । बर्दियाको गुलरिया नगरपालिका वडा न ११ गौरी शंकर माध्यमिक बिद्यालय डल्लापुरका बिद्यार्थीहरुकालागि एक दिने सिकाईमा परिवर्तन, जिवन उपयोगी सीप तथा करियर बिकास सम्बन्धि उत्पे्ररणात्मक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको सहजिकरण सिटिएस नेपालका रबि किरण श्रेष्ठले गर्नु भएको थियो । उहाँले सहजीकरण गर्दै सिकाईका परिवर्तन ल्याएर जीवनउपयोगी सिप सिक्ने कुरालाई प्राथमिकतामा राखेर करियर विकासलाई केन्द्रविन्दुमा राख्नु पर्ने कुरा बताउनुभयो ।
उक्त कार्यक्रममा शसक्त बालिका परियोजनाका परियोजना प्रमुख गोबिन्द प्रसाद लामिछानेले बिद्यार्थीहरुलाई परिक्षामुखि मात्र नभई पढाईलाई जग बलियो बनाउन र प्रतिष्पर्धामा आउनको लागि माध्यम बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले फाउन्डेसनमा जोड दिने र अतिरिक्त कृयाकलाप सहित समसामयिक सुचनाहरुको अपडेट समेतको सिकाईलाई प्राथमिकता...
समाचारदाता
नेपालगन्ज, माघ १० । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवनमा आयोजना गरिएको स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गोष्ठी मंगलवार सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो ।
मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट प्रमुख अतिथि रहनु भएको सो कार्यशालामा युवाको भूमिका, योजना प्रक्रियामा युवाको सहभागिताका साथै युवा नीतिका बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता बसन्त विसीले गर्नु भएको थियो ।
सो कार्यशालामा युवाहरुको नागरिक अधिकार, मानव अधिकार सम्बन्धि अन्तरराष्ट्रिय कानुन, नेपालको कानुनि व्यवस्था, नीतिगत व्यवस्था बारे छलफल गरिएको बाँके युनेस्को क्लव वर्दियाका कार्यक्रम अधिकृत ईश्वर बिकले बताउनुभयो ।
उहाँका...
समाचारदाता
नेपालगन्ज, माघ ७ । बर्दिया जिल्लाका किशोरीहरु बालबिबाह बिरुद्दको सचेतना फैलाउनकालागि घर दैलो तथा र्याली कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन ।
गुलरिया नगरपालिका वडा नम्बर १२ को भैसाही गाउँमा बालबिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धि नारा लेखिएका प्लेकाड सहित किशोरीहरु घरघरमा पुगेका छन् ।
घरदैलो भेटघाट तथा र्याली पछि माघीको अवसरमा भव्य जनचेतना सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
सो सांस्कृतिक कार्यक्रममा वडा बालअधिकार समितिका सदस्य वडा तथा वडा सदस्य घोशु थारु र भारती बिकले सामाजिक मूल्य मान्यता र परम्परा अनुसार थारु, मधेशी र दलित समुदादयमा बढि बाल बिबाह हुने गरेकाले यसलाई रोक्नका लागि यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु बढी केन्द्रित गर्नु पर्ने बताउनु भयो ।
वडा बालअधिकार समितिका सदस्य थारुले समुदायमा विभिन्न सचेतना कार्यक्रम ...
सिराज खान
नेपालगन्ज, माघ २ गते । भारतबाट हुने चोरी तस्करी लगायत विभिन्न अवैध गतिविधि नियन्त्रणका लागि सीमानामा खटिएको सशस्त्र प्रहरीले निरन्तर चोरी तस्करीका सामान बरामद गरेर नियन्त्रण अभियानलाई जारी राखेको छ ।
दैनिकजसो भारतबाट अवैध रुपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके र मातहतका युनिटहरुले पछिल्लो पटक फेरी २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बागेश्वरी बाँकेका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक महेन्द्र भारतीले दिनु भएको जानकारी अनुसार सशस्त्र प्रहरीको बागेश्वरी गण र मातहतका युनिटहरुद्वारा बाँके जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाइकल सहित मोटरसाईकल पार्टस, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडी सहित अवैध कुखुराहरु गरी २० लाख भन्दा ब...
समाचारदाता
नेपालगन्ज, पुस २८ । शुभ सन्देश सभा नेटवर्क नेपाल ( ज्ञान नेपाल ) ले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा गरेका कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गरेर विभिन्न पक्षसंग सुझाव सल्लाह लिएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा डेढ वर्ष भन्दा बढी समयमा गरेका कार्यक्रम र गतिविधि सार्वजनिक गर्दै सुझाव संकलन गरेको हो ।
नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत तिलक नेपालीले सो अवसरमा बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा एक हजार ७७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको जनाउँदै चालु आर्थिक बर्षको पुुससम्ममा ६६७ जनालाई सुचना त...
समाचारदाता
नेपालगन्ज, पुस २५ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि विपन्न, एकल र उत्पिडित महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ ।
दलित, मधेसी, मुस्लिम, जनजाति लगायतका अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको नेपाल एकीकृत विकास परियोजना दुई अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो ।
तालिममा २३ जना अति विपन्न, एकल महिला र सामाजिक रुपमा उत्पिडित महिलाहरुको सहभागिता रहेको थियो ।
क्लबका वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंगको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले सहभागिहरुलाई म...
सिराज खान
नेपालगन्ज, पुस १८ । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको माओवादी बिशेष रुपान्तरण अभियानको बाँकेमा समिक्षा गरिएको छ ।
चार महिनासम्म सञ्चालन गरिएको सो अभियानबाट प्राप्त भएका उपलब्धी र गुनासासहित कमी कमजोरीका बारेमा बिस्तृत समिक्षा गरिएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनुभयो ।
उहाँले अभियानका संयोजक, माओवादी केन्द्रका नेताहरु लगायत जिल्लाका विभिन्न तहका जिम्मेवार नेताहरुको सहभागिता रहेको सो समिक्षा कार्यक्रममा पालिकाका प्रमुखहरु लगायत जनवर्गिय संगठनका प्रमुखहरुले रिपोर्टिंग गर्नु भएको र सोही आधारमा समिक्षा गरिएको बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले यो अभियानबाट जिल्लाका समस्या र समाधान बारे नयाँ संश्लेषण भएको बताउनुभयो ।
उहाँले चार महिनासम्म ...