मधुवन, गुलरिया र बढैयातालमा विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण
समाचारदाता
नेपालगन्ज, जेठ १८ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालिका शसक्त परियोजना अन्तर्गत सो सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
स्थानीय तहहरूको विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता तथा समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार यस सहयोगले स्थानीय सरकार तथा समुदायलाई सम्भावित विपद्का समयमा प्रभावकारी तयारी तथा प्रतिकार्य गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रम अन्तर्गत सहयोग सामग्री उपलब्ध गराउनुका साथै युवा स्वयंसेवकहरूलाई विभिन्न क्षमता विकास कार्यक्रममार्फत सशक्त बनाइएको छ । प्रशिक्षित युवाहरूले आफ्ना समुदा...









