बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा युवा सहभागिता कार्यविधि निर्माण गरिंदै
स्थानीय तहमा युवा सहभागिता सम्बन्धि कार्यशाला सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ १ । बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिकामा स्थानीय तहमा युवा सहभागिताको कार्यविधि निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ ।
दुबै पालिकामा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सम्पन्न गरिएको हो ।
कार्यशालाको प्रमुख उद्देश्य राष्ट्रिय युवा परिषद्ले विकास गरेको सन्दर्भ निर्देशिकामा आधारित रहेर स्थानीय तहको युवा सहभागिता सम्बन्धि आफ्नै कार्यविधि निर्माण गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
मधुवन नगरपालिका वडा नम्बर ४ को आयोजनामा मधुवनमा सञ्चालन गरिएको युवा सहभागिता सम्बन्धी अभिमुखीकरण वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स...









