बर्दिया मधुवनमा बालिकाहरुको शिक्षामा पहुँच बढाउन साइकल बितरण
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकाका बालिकाहरुलाई नियमित विद्यालयमा उपस्थिति गराउन तथा पछाडी पारिएका समुदाय एवं जोखिममा रहेका बालिकाहरूको शिक्षामा पहुच बढाउन उनिहरुलाई साइकल वितरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालिका तथा किशोरीहरुलाई बिद्यालयमा टिकाइराख्ने उदेश्यले मधुवन नगरपालिकाको समन्वयमा साइकल बितरण गरिएको हो ।
बालिकाहरुलाई साइकल वितरण गर्दै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले साइकल वितरणले बालिकाहरूको दैनिक यात्रा सहज मात्र बनाउने होइन, उनीहरूलाई आत्मविश्वास, मर्यादा र आशाका साथ निरन्तर पढ्न प्रोत्साहन पनि गर्ने बताउनुभयो ।
उहाँले यो अभियान समावेशी, शिक्षित र सशक्त भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भएको जनाउँदै यसले शिक्षाको विकासमा ठुलो योगदान गर्ने बताउनुभयो ।
ग...









